समाचार

परराष्ट्रमन्त्री राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

२०८१ मङ्सिर १५ पोखरा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन् । त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री डा. राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।मन्त्री राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको… पुरा पढौ

बालाचतुर्दशी पर्वका अवसरमा आज शतबीज छरिँदैछ , पञ्चासेमा सत्बिज छर्नेको भिड ।

तुलसी राम सुवेदी१५ मंसिर, कास्की आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वका अवसरमा आज बिहान देखि नै कास्कीका पञ्चासे, भलाम, घार्मी, आर्वाबिजय , रामघाट, केदारेश्वर , गुप्तेश्वर लगायत शिवालय मन्दिरमा शतबीज छर्नेको घुइँचो लागेको छ ।यसैगरी काठमाडौँको पशुपतिनाथ मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने छ । यसैगरी कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पर्यटकीय स्थान साथै धार्मिक, जैविक विविधता, साँस्कृतिक र प्राकृतिक… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजना हस्तान्तरण

मंसिर १५ पोखराजापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको पोखरा खानेपानी सुधार आयोजना नेपाल–जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) की प्रतिनिधि तानाको तोमोले नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई आयोजना हस्तान्तरण गरेका हुन् ।परियोजनाका लागि जाइकाले चार अर्ब ८१ करोड ३० लाख रुपैयाँ जापानी येन अनुदान सहायता प्रदान गरेको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत २५ जना व्यक्ति तथा संस्थालाई आयोजना निर्माणका क्रममा पु¥याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको छ ।जापान अन्तर्राष्ट्रिय… पुरा पढौ

निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गरिने ः मन्त्री पाठक

पोखरा, १३ मंसिर गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख गरे ।चरक इस्टिच्यूट अफ हेल्थ साइन्सले विहीबार आयोजना गरेको नयाँ विद्यार्थी स्वागत कार्यक्रममा उनले निजी क्षेत्रले अफ्ठ्यारा ठानेका विषयलाई हल गर्दै लगानीमैत्री वातावरण बनाउन आफूले ध्यान दिने पनि बताए ।‘मेडिकल कलेजहरूले उत्पादन गरेको प्राविधिक जनशक्तिलाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व… पुरा पढौ

दिल्लीबाट पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान हुँदै

१३ मंसिर पोखरासञ्चालन भएको करिब २ वर्षमा छिमेकी देश भारतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीका अनुसार दिल्लीबाट आज जेल एयरको बिमान पोखरा आउन लागेको हो ।पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरणको तालिका छ । चार यात्रु लिएर आउने बिमान भोलि बिहान पोखराबाट बंगालादेशका लागि उडाउने सुवेदीले बताइन्। दुई वर्षको अवधिमा आजसहित ९ वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । आगामी डिसेम्बर २६ मा… पुरा पढौ

पोखरा लेडी जेसिजको अध्यक्षमा अनिता

१२ मंसिर पोखरा पोखरा लेडी जेसिजको ३१ औं शाखा अधिबेशन तथा ३६ औं बार्षिक साधारण सभाले आगामी बर्ष २०२५ को लागि अनिता खड्का अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।समितिको कार्यकारिणी उपाध्यक्षमा नन्दकुमारी ढुंगाना तथा उपाध्यक्षहरुमा इन्दिरा तिमिल्सिना, गीता सुबेदी, बिनिता के सी, सरिता भुजेल रहेका छन । यसैगरि समितिको निर्देशकहरुमा मेलिना गुरुङ, यशोदा कुँवर, दिपा न्यौपाने, ममता गर्वुजा र कानुनी सल्लाहकारमा प्रमिला सुबेदी रहेका छन ।नयाँ समितिको सचिवमा करुणा पाण्डे, कोषाध्यक्षमा सुनिता गौतम भण्डारी, सहसचिवमा सिर्जना आले (ईशा)… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिक पक्राउ

मंसिर १२ पोखराजिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संरक्षित वन्यजन्तु घोरलको सिंङसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युक्रेनी नागरिक २१ वर्षीय पीलीप जील्को भीस्की रहेका छन् ।विमानस्थलको आन्तरिक प्रस्थान गेटको एक्सरे मेसिनमा चेकजाँचको क्रममा भीस्कीको झोलामा घोरलको सिंङ फेला परेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरीले जानकारी गराएपछि वडा प्रहरी कार्यालय रामबजारबाट अनुसन्धान अधिकृतसहितको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।उनलाई आवश्यक कारवाहीका लागि पोखरा–१५ नयाँगाउँस्थिते अन्नपूर्ण संरक्षण क्षेत्रको… पुरा पढौ

मुलुकमा झुटको खेती गर्नेहरुको कमी छैन ः प्रधानमन्त्री ओली

फाईल तस्बिर ,केपी शर्मा ओली
मङ्सिर १२ गते ,काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन ्। २०७२ साल यता एमाले नेतृत्वको सरकारले तीव्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसरम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमूल परिवर्तनको काम सुरु भएपनि त्यो पर्याप्त नभएको पनि बताए। उनले मुलुकमा कृषि क्षेत्रको आमूल परिवर्तन गर्नका… पुरा पढौ

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या ः राष्ट्रसंघ

मङ्सिर ११ गते भिएन्नासन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसंघले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ ।संयुक्त राष्ट्रसंघको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ… पुरा पढौ

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मंसिर १० पोखरामानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा भएका छन । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार नै पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको हो । एसपी अधिकारीका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार सोमबार राति ९ः३० बजे उनलाई उनकै श्रीमतीको जिम्मामा पठाइएको हो । पुरा पढौ