पोखरा, असार २३ गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम प्रतिष्ठानको नयाँ नेतृत्व तथा प्राज्ञ सदस्यहरू मनोनयन गरेको छ । सरकारको निर्णय अनुसार प्रा. डा. कुसुमकुमार न्यौपाने प्रतिष्ठानको कुलपति, शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य–सचिव पदमा नियुक्त भएका छन्।त्यसैगरी प्रतिष्ठानको प्राज्ञ सदस्यमा साहित्य, भाषा, संगीत, संस्कृति, लोककला, चलचित्र तथा चित्रकला लगायत विभिन्न विधाका २४ जना व्यक्तित्वलाई चार वर्षका लागि मनोनयन गरिएको छ । मनोनीत प्राज्ञ सदस्यहरूमा अनुराग अधिकारी (साहित्य÷संगीत), इन्द्रमान खत्री (साहित्य–संस्कृति), ईश्वरीप्रसाद भुषाल (संगीत), प्रा. डा.…
पुरा पढौ