गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमकुमार न्यौपाने नियुक्त

-


     तुलसी राम सुवेदी    
     असार २३ गते २०८३ मा प्रकाशित


पोखरा, असार २३

गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम प्रतिष्ठानको नयाँ नेतृत्व तथा प्राज्ञ सदस्यहरू मनोनयन गरेको छ । सरकारको निर्णय अनुसार प्रा. डा. कुसुमकुमार न्यौपाने प्रतिष्ठानको कुलपति, शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य–सचिव पदमा नियुक्त भएका छन्।
त्यसैगरी प्रतिष्ठानको प्राज्ञ सदस्यमा साहित्य, भाषा, संगीत, संस्कृति, लोककला, चलचित्र तथा चित्रकला लगायत विभिन्न विधाका २४ जना व्यक्तित्वलाई चार वर्षका लागि मनोनयन गरिएको छ ।


मनोनीत प्राज्ञ सदस्यहरूमा अनुराग अधिकारी (साहित्य÷संगीत), इन्द्रमान खत्री (साहित्य–संस्कृति), ईश्वरीप्रसाद भुषाल (संगीत), प्रा. डा. ईश्वरचन्द्र वाग्ले (नेपाली साहित्य), कमलप्रसाद पौडेल ‘अथक’ (भाषा–साहित्य), कृष्णकुमार गुरुङ (भाषा–संस्कृति), गायत्री पराजुली (लोकसाहित्य), चौलेन्द्र पौडेल (संगीत), टुकादेवी पौडेल आचार्य (साहित्य), पवित्रा घिमिरे (भाषा–साहित्य), बाबुराम बस्टाकोटी (चित्रकला÷मूर्तिकला), बालकाशी गुरुङ (लोकसंस्कृति), भूपेन्द्र बानियाँ (चलचित्र÷अभिनय), रामभक्त जोजिजु (गायन–संगीत), राजजी प्रसाद पौडेल (संगीत), बसन्त अधिकारी (कविता), डा. बिरेन्द्र पुडासैनी (साहित्य), शान्ता वास्तोला (लोकदोहोरी), शान्ति भुषाल (संस्कृति), सञ्जु महतो थनेत (संस्कृति), हरिमाया श्रेष्ठ (संगीत–संस्कृति) लगायतका व्यक्तित्व रहेका छन्।
यसअघि गठन गरिएको सिफारिस समितिको सिफारिसका आधारमा गरिएको मनोनयनबाट गण्डकी प्रदेशको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवद्र्धन तथा अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विशेषगरी पत्रकार तथा साहित्यकार कमल पौडेल ‘अथक’ प्राज्ञ सदस्यमा नियुक्त हुनु पत्रकारिता र साहित्य क्षेत्रका लागि समेत गौरवको विषयका रूपमा हेरिएको छ ।