पर्यटन

फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै

पोखरा, ३० भदौ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्ने भएको छ। पहिलो उडानका क्रममा विमान तथा यात्रुलाई विमानस्थलमा पानीको फोहरासहित विशेष स्वागत गर्ने तयारी गरिएको छ।फ्लाई दुबईको विमान बुधबार साँझ पोखरा अवतरण गरी सोही दिन यात्रु लिएर दुबई फर्किनेछ। उडान तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो दिन निर्धारित समयभन्दा केहीअघि नै विमान अवतरण… पुरा पढौ

तीन तालको संरक्षण र पर्यटन प्रवद्र्धनमा पोखरा–२६ का बासिन्दाको जोड

पोखरा, १ भदौ लेखनाथ क्षेत्रलाई ‘सात तालको बगैंचा’ भनेर चिनिन्छ। फेवातालपछिका ठूला बेगनास र रुपातालसँगै पोखरा महानगरपालिका–२६ मा खास्टे, न्युरेनी र गुँदे गरी तीनवटा ताल छन्। तर, पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा यी ताल पर्यटकीय गन्तव्यका रूपमा अपेक्षाकृत ओझेलमा परेको भन्दै स्थानीयले संरक्षण र प्रवद्र्धनमा तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार पोखरा–२६ ले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले तालको संरक्षणसँगै पर्यटकीय सम्भावनालाई फरक–फरक ढंगले विकास गर्नुपर्ने माग राखे। स्थानीय दीपक लामिछानेले खास्टे ताललाई धार्मिक, न्युरेनीलाई चरापर्यटन र गुँदेलाई माछापर्यटनका… पुरा पढौ

गण्डकीका अधुरा आयोजना, संरक्षण क्षेत्र र कानुनी अड्चन हटाउन मुख्यमन्त्रीको पहल

पोखरा, १ भदौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटवार्ता गर्दै प्रदेश सरकारले अघि बढाउन चाहेका विभिन्न विकास आयोजना तथा कानुनी विषयमा संघीय सरकारबाट आवश्यक सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका छन्।सोमबार प्रधानमन्त्री साहसँग भएको भेटमा मुख्यमन्त्री पाण्डेले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्गको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका हुन्।त्यसैगरी गण्डकी प्रदेशमा प्रस्तावित लोकाहाखोला र पुडीटार औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा… पुरा पढौ

हिमाली पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकार गुरुङ सम्मानित

२८ श्रावण पोखरा । पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित भएका छन् । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई नगदसहित सम्मान गरेको हो । संघको पोखरामा आयोजित १८औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनका अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेश अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद, फेटा र सम्मानपत्र प्रदान… पुरा पढौ

पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र निजी क्षेत्रको साथ खोज्यो

पोखरा, असार २३ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ (सेप्टेम्बर २३) देखि दुबईका लागि नियमित उडान गर्ने घोषणा गर्दै फ्लाई दुबईले टिकट बुकिङ खुला गरेपछि पोखरा र आसपासका व्यवसायी तथा सर्वसाधारण उत्साहित बनेका छन ्। कम्पनीले भने उडानलाई दीर्घकालीन र नियमित बनाउन तीनै तहका सरकार तथा निजी क्षेत्रको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।यसअघि चीन र भुटानका गन्तव्यमा सुरु भएका अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभवका कारण पोखरा–दुबई उडानको स्थायित्वबारे चासो बढिरहेका बेला फ्लाई दुबईको टोलीले पोखरामा विभिन्न सरोकारवालासँग… पुरा पढौ

कोरला–मुस्ताङ पर्यटन विकासलाई गति दिने सरकारको प्रतिबद्धता, स्थानीय सरोकारवालासँग व्यापक छलफल

मुस्ताङ, असार २१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गतको कोरला सडकलाई देशकै महत्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको स्पष्ट योजना रहेको बताएका छन्। मुस्ताङको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा पूर्वाधार विस्तारका विषयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्म जोड्ने सडकलाई शीघ्र स्तरोन्नति गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गरिने जानकारी दिए। उनले पर्यटनलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला… पुरा पढौ

भारतीय पर्यटकको चापले पोखराका होटल भरिभराउ

मंगलवार, आषाढ ९, २०८३ , पोखरा पर्यटकीय राजधानी पोखरा मा पछिल्ला दिनहरूमा भारतीय पर्यटकको उल्लेख्य वृद्धि भएसँगै यहाँका होटल तथा आवास सेवा प्रदायकहरू भरिभराउ भएका छन्। विशेषगरी लेकसाइड क्षेत्र, धार्मिक स्थल तथा प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ। फेवाताल परिसर र तालबाराही मन्दिर आसपास भारतीय पर्यटकको घुइँचो लागिरहेको छ। साथै विन्ध्यवासिनी मन्दिर, मुक्तिनाथ मन्दिर लगायतका धार्मिक गन्तव्यहरूमा पनि पर्यटकको उपस्थिति उत्साहजनक रहेको पर्यटन क्षेत्रसँग सम्बन्धित तथ्यांकहरूले देखाउँछन्। हालको गर्मी मौसममा भारतका विभिन्न स्थानबाट चिसो हावापानी र… पुरा पढौ

मिलेनियम ट्रेक प्रवर्द्धनमा योगदान : राससका वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गरिने

पोखरा, २१ जेठ २०८३ (बिहीबार)राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई ‘मिलेनियम ट्रेक अवार्ड’ प्रदान गरिने भएको छ। मिलेनियम ट्रेक व्यवस्थापन समितिले ट्रेकिङ क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गर्न लागेको हो। अवार्ड आगामी शनिबार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ। तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछासम्म फैलिएको ‘मिलेनियम ट्रेक’ सन् २००० देखि औपचारिक रूपमा सञ्चालनमा आएको पदमार्ग हो। नेपालको पहिलो मध्यपहाडी पदमार्गका रूपमा परिचित यस ट्रेकले हिमाली तथा पहाडी भू–दृश्यको अद्भुत संयोजन… पुरा पढौ

अन्नपूर्ण म्याराथनमा जुम्लाको दबदबा : दलबहादुर र मञ्जु च्याम्पियन, नगदसहित भव्य सम्मान

जेठ २०८३, बुधबार,पोखरा अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसर पारेर कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्नपूर्ण म्याराथनको छैटौं संस्करणमा जुम्लाका धावकहरूले प्रभावशाली प्रदर्शन गर्दै उपाधिमा वर्चस्व कायम गरेका छन्। ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति द्वारा आयोजित प्रतियोगिता यस वर्ष पनि उत्साहजनक रूपमा सम्पन्न भएको हो। प्रतियोगितामा पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर ले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरे। अघिल्लो संस्करणमा तेस्रो भएका कुँवरले यस पटक उत्कृष्ट सुधारसहित उपाधि… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको बढ्दो चासो, ६ घण्टा लामो प्राविधिक निरीक्षणपछि दैनिक उडानको ढोका खुल्दै

पोखरा, २० जेठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनतर्फ दीर्घ प्रतीक्षापछि उल्लेखनीय प्रगति भएको छ। संयुक्त अरब इमिरेट्सको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबई ले पोखराबाट सिधा उडान सञ्चालन गर्ने स्पष्ट संकेत दिएको छ। कम्पनीका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा करिब ६ घण्टा लामो गहन स्थलगत निरीक्षण र प्राविधिक छलफल सम्पन्न गरेको हो। टोलीले धावनमार्ग, उडान सुरक्षा प्रणाली, नेभिगेसन प्रविधि तथा अन्य भौतिक पूर्वाधारको सूक्ष्म अध्ययन गर्दै अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सम्पूर्ण… पुरा पढौ