पर्यटन

२० औं फेवा नव वर्ष महोत्सव पोखरामा सुरु

३० चैत्र ,पोखरा पर्यटकीय राजधानी पोखराको लेकसाईडको सडकमा आजबाट २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई मुख्य आकर्षण बनाइएको यो महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद र पर्यटक दौड प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहेका छन । महोत्सवको अवसरमा होटल सङ्घअन्तर्गतका सदस्य होटलहरूले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका छन् । हाल पोखराका होटलहरूमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेकोमा महोत्सवका कारण यो ९०… पुरा पढौ

चैते दसैँको अवसरमा बाग्लुड.कालिका मन्दिरमा धर्मालम्बीहरुको धुईचो

चैत २० गते ,पोखराचैते दसैँ सुरु भएसँगै बाग्लुड. कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् । चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।“चैते… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

चैत १९ गते पोखराअन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताउनुभयो ।“अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उहाँले भन्नुभयो, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ… पुरा पढौ

पोखरामा विदेशी पर्यटकहरु होली मा रमाउदै ।

२९ फाल्गुण , पोखरारङ्गको पर्व होली पर्व पर्यटनको राजधानी पोखरामा विदेशी पर्यटकहरु समेत रमाउदै हर्स उल्लाहासका साथ मनाइएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेक साईडमा विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व धुमधामका साथमा मनाएका हुन । नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको हो ।यसैबिच, नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि पोखरामा पत्रकारहरु बिच… पुरा पढौ

पोखराको पर्यटनमा नयाँ आशा,पोखरा–छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

२८ फाल्गुण पोखरापोखराबाट अन्तर्राष्ट्रिय उडानको प्रतिक्षा समाप्त भएको छ । चिनियाँ एयरलाइन्स सिचुआनको जहाजमार्फत १२७ चिनियाँ पर्यटक चैत ५ गते बिहान १० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। सोही दिन १२७ नेपाली पर्यटन व्यवसायीहरू दिउँसो १२ बजे छेन्दु प्रस्थान गर्नेछन् ।पहिलो चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका मेयर, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख, पोखरा भ्रमण वर्ष २०२५ कार्यक्रम संयोजक, पोखरा पर्यटन परिषद अध्यक्ष, विभिन्न पर्यटन संघसंस्थाका प्रतिनिधिहरू तथा व्यवसायीहरू रहनेछन्।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा… पुरा पढौ

नेपालमा पहिलोपटक त्रिदेशीय एक्स्पो सम्पन्न

२०८१ फाल्गुण १८ पोखरानेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवद्र्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवद्र्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो ।‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय… पुरा पढौ

राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन,

१७ फागुन पोखरा,राष्ट्रपति रामचन्द्र पौडेलले आज पर्यटकीय नगरी पोखरा स्थित सराङकोट धामको उद्घाटन गरें । हेलीकप्टर मार्फत काठमाण्डौंबाट सिधै सराङकोट धाम पुगी उनले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गरेका हुन ।त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउदै त्यहाँ निर्माण भएका संरचनाको उद्घाटन गर्न पाउदाँ… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु,घान्द्रुकको मौलिकता जोगाउन पर्नेमा जोड ,अन्नपूर्ण गाउँपालिकाको समृद्धको मुख्य आधार पर्यटनः अध्यक्ष केसी

७ फाल्गुण कास्की कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ स्थित घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको आयोजनामा आज देखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक पर्यटन महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि, पर्यटन, उर्जा र पूर्वाधार भएको बताए । बाइट गाउँपालिका अध्यक्ष केसी ‘हामीले घोषणा गरेका छौं अन्नपूर्ण गाउँपालिकाको समृद्धको आधार कृषि,… पुरा पढौ

धार्मिक स्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

माघ १८ गते खोटाङ,विश्वप्रसिद्ध धार्मिक स्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाउनुभयो । “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

माघ १५ गते लुम्बिनीनेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो । बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका… पुरा पढौ