पर्यटन

फेवातालमा तेस्रो खुला डुंगा दौड सम्पन्न ,पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाटको वर्चस्व

१८ जेठ २०८३, पोखरा। पर्यटकीय नगरी पोखराको मुटु मानिने फेवातालमा तेस्रो संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। फेवा डुंगा व्यवसायी संगठन को आयोजना तथा नेपाल पर्यटन बोर्ड (गण्डकी) को प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताले ताल किनारलाई उत्साह र रोमाञ्चले भरिपूर्ण बनाएको थियो। पुरुषतर्फ हर्पण मत्स्य सहकारी संस्थाका कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित टोलीले उत्कृष्ट समन्वय प्रदर्शन गर्दै प्रथम स्थान हात पारे। सोही संस्थाकै टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित अर्को टोली… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट गुरुङ सम्मानीत हुदै ।

१८ जेठ २०८३, पोखरा ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत गुरुङलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। पुरस्कारअन्तर्गत रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। आगामी जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहका अवसरमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित यो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई… पुरा पढौ

तीर्थ कूटनीतिमा सरकारको जोड: पशुपतिनाथदेखि मुक्तिनाथसम्म पर्यटन प्रवर्द्धन गरिने

काठमाडौँ, बैशाख २९ सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत नेपालका प्रमुख धार्मिक क्षेत्रहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने नीति अघि सारेको छ। रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ मन्दिर लगायतका प्रमुख धार्मिक गन्तव्यहरूको पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय स्तरमा पर्यटनको लाभ पुर्‍याउन समुदायमा आधारित घरबास… पुरा पढौ

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ

पोखरा, ७ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । अध्यक्ष विक्रम गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन् । समितिको उपाध्यक्षमा कृष्णबहादुर गुरुङ, सचिवमा उमेश क्षेत्री, सहसचिवमा महेन्द्र गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर गुरुङ चयन भए । सदस्यहरूमा सन्तोष गुरुङ, मनिसा गुरुङ,… पुरा पढौ

पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सवको रौनकः होटल ९० प्रतिशतभन्दा बढी भरिभराउ

१ वैशाख २०८३, मंगलवार, पोखरा नेपाली नयाँ वर्षको अवसर पारेर फेवा नववर्ष महोत्सव भव्य रूपमा आयोजना भइरहँदा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भएको देखिएको छ। आयोजकका अनुसार यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन बढेको अनुमान गरिएको छ, जसले विशेषगरी लेकसाइड क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको छ। पोखरा बाहिरबाट आएका पर्यटकहरूको उल्लेख्य उपस्थितिका कारण लेकसाइड क्षेत्रमा सञ्चालित होटलहरूमा पाहुनाको चाप बढेको छ। पोखरा होटल संघ का अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण सुवेदीका अनुसार हाल लेकसाइड… पुरा पढौ

कास्कीका गनेस पौडेलले पाए पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी

१३ चैत्र २०८२ पोखरा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कास्कीमा गनेस (खडगराज) पौडेललाई दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएकोे मन्त्रि परिषधमा पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका हुन ्। पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, पर्यटनको राजधानी घोषणा गरिएको कास्कीको पोखरा पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ । बालेनले आज नै गठन गरेकोे मन्त्रिपरिषदमा कास्कीबाट पौडेल मन्त्री बने । मन्त्रीमण्डलमा कोको छन ः १. बालेन शाह — प्रधानमन्त्री २.… पुरा पढौ

आज विश्व हिमनदी दिवस

शुक्रवार, चैत्र ६ २०८२ काठमाडौँ, आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका… पुरा पढौ

पोखराको लेकसाइडमा पुस १३ देखि सडक महोत्सव, ३ किलोमिटर क्षेत्रमा सांस्कृतिक र खाद्य उत्सव गरिदै ।

मंसिर १९ पोखरा पर्यटन राजधानीका रूपमा परिचित पोखराको लेकसाइड क्षेत्र यस वर्ष पनि भव्य सडक महोत्सवका लागि तयारी अवस्थामा छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हुने २७ औं पोखरा सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा उत्साहपूर्वक मनाइने भएको छ। ‘सडकमै खाउ, सडकमै रमाउ’’ भन्ने नारासहित प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको स्वागतसंगै मनाइने यो महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै आएको आयोजक रेवानले बिहीबार आयोजित पत्रकार… पुरा पढौ

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

काठमाडौँ, १४ मङ्सिर । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि… पुरा पढौ

हिमाली यात्रामा सावधानी अपनाउन होटल संघ गण्डकीको आग्रह

२३ साउन, पोखरा । होटल संघ नेपाल गण्डकीले पर्यटकलाई अल्पसमयमै होचो उचाइबाट अग्ला हिमाली गन्तव्यमा पु¥याउने जोखिमपूर्ण यात्राबाट बच्न र बचाउन सरोकारवालाहरूलाई अपिल गरेको छ। संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै, विशेषगरी तराई र सिमावर्ती क्षेत्रबाट एकैदिनमा अन्नपूर्ण क्षेत्रका उच्च भागसम्म पुग्ने प्रवृत्तिका कारण पर्यटकमा लेक लाग्ने, शरीरको तापक्रम नमिल्ने जस्ता स्वास्थ्य समस्याहरू देखिने खतरा रहेको जनाएको छ। संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ– “पर्यटकले क्रमशः उचाइ समायोजन (एक्ल्मेटाइजेसन) गर्दै यात्रा गर्ने वातावरण सिर्जना गर्न… पुरा पढौ