अर्थतन्त्र

बन्द कोठाको छलफलबाट अर्थतन्त्र सुधारिँदैन, निजी क्षेत्रसँग संवाद आवश्यक : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद नगरी सरकार एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको बताएका छन् । उनले सरकारसँग काम गर्ने उत्साह भए पनि सरोकारवालासँगको संवाद र अनुभवको कमीले आर्थिक नीतिको कार्यान्वयनमा अन्योल देखिएको टिप्पणी गरे । शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रका संस्थासँग संस्थागत रूपमा छलफल गर्नुभन्दा ‘बन्द कोठा’मा निर्णय गर्ने प्रवृत्ति अपनाएको बताए । “सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,”… पुरा पढौ

फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै

पोखरा, ३० भदौ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्ने भएको छ। पहिलो उडानका क्रममा विमान तथा यात्रुलाई विमानस्थलमा पानीको फोहरासहित विशेष स्वागत गर्ने तयारी गरिएको छ।फ्लाई दुबईको विमान बुधबार साँझ पोखरा अवतरण गरी सोही दिन यात्रु लिएर दुबई फर्किनेछ। उडान तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो दिन निर्धारित समयभन्दा केहीअघि नै विमान अवतरण… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष : शोभा गौतम निर्वाचित

२२ भदौ २०८३, पोखरा ।पोखराको उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था पोखरा उद्योग वाणिज्य संघले आफ्नो सात दशक लामो इतिहासमा नयाँ अध्याय थपेको छ । संघको ३६औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएसँगै संघको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो ।गौतमले अध्यक्ष पदका तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछि पार्दै ऐतिहासिक जित हासिल गरेकी हुन ्। यससँगै लामो समयदेखि पुरुष नेतृत्वमा रहेको संघको बागडोर अब महिला नेतृत्वले सम्हाल्ने भएको छ । यसअघि विन्दु कोइराला… पुरा पढौ

पोउबासंघको नेतृत्व कसको हातमा ? चार उम्मेदवारको भाग्य मतपेटिकामा बन्द

२१ भदौ, पोखरा । पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान आइतबार साँझ सम्पन्न भएको छ। दिनभर भएको मतदानमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत खसेको निर्वाचन संयोजक दामु अधिकारीले जानकारी दिए। सदस्यतर्फ भने २ हजार १ सय ८ मत खसेको छ। मतदान सम्पन्न भए पनि मतगणना भने सोमबार बिहान ८ बजेदेखि सुरु हुने संयोजक अधिकारीले बताए। मतगणनापछि सोमबार दिउँसोसम्म अध्यक्षसहित अधिकांश पदको परिणाम सार्वजनिक हुने अपेक्षा… पुरा पढौ

भोटेकोशीको विपत्तिमा फोटोग्राफर महासंघको ऐक्यबद्धता, राहतका लागि देशव्यापी अभियान

पोखरा, भदौ १७ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल फोटोग्राफर महासंघले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि देशव्यापी सहयोग संकलन अभियान सुरु गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति बेपत्ता रहेको अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले महासंघले देशभर रहेका फोटो व्यवसायी तथा फोटोग्राफरहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको हो । महासंघका अध्यक्ष महेन्द्रप्रसाद चापागाईंले बाढीपहिरोमा परी… पुरा पढौ

भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु

लेखनाथ, १७ भदौ । यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुरÞ्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन कार्यक्रम सुरु गरेको छ। सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताएकी छन्। “समग्र नेपालीको छाती चर्किएको छ, मन रोएको छ,“ उनले भनिन । सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख… पुरा पढौ

रसुवा बाढीपीडितको साथमा गण्डकी : प्रधानमन्त्री राहत कोषमा ४ करोड दिने निर्णय

१२ भदौ, पोखरा रसुवालगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार सार्वजनिक गरेको अपिलमार्फत विपद्मा परेका नागरिकको उद्धार र राहतमा प्रदेश सरकार आफ्नो सामथ्र्यअनुसार सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता जनाएका हुन्। उनले बाढीबाट ठूलो जनधनको क्षति भएको रसुवासहित प्रभावित जिल्लाका नागरिकको दुःखमा गण्डकी प्रदेश… पुरा पढौ

बाढीपछि १२ हजार मानिस सम्पर्कविहीनको सूचीमा, वास्तविक संख्या यकिन गर्न प्राविधिक टोली सक्रिय

१२ भदौ, पोखरा ।नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको आकस्मिक बाढीले जनधनमा ठूलो क्षति पु¥याएसँगै हजारौँ मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तसँग सम्पर्क हुन नसकेपछि करिब १२ हजार मानिसको खोजीका लागि आफन्तजनले सरकारसँग औपचारिक अनुरोध गरेका छन्। शुक्रबार मध्यान्हसम्म ‘सेतु ¥यापिड’ एपमा सम्पर्कविहीन आफन्तको खोजी तथा सहयोगका लागि १ हजार ५ सय ६७ वटा अनुरोध फाराम दर्ता भएका छन्। ती फाराममा आफूहरूसँग सम्पर्कमा नरहेका करिब १२ हजार मानिसको खोजी गरिदिन आग्रह गरिएको छ। अनुरोध… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भाद्र पोखरारसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए ।विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली… पुरा पढौ

बाढीको महासंकट सामना गर्न आठ दलको १० बुँदे साझा संकल्प

सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक तथा प्राविधिक सहयोगको अपिल११ भदौ, पोखरा नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका प्रमुख नदीहरूमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति देशका आठ प्रमुख राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित विशेष सर्वदलीय बैठकले प्राकृतिक विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट भई राष्ट्रिय एकता कायम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपरासीलगायतका जिल्लाहरूमा बाढीपहिरोका कारण भएको… पुरा पढौ