साहित्य

सारङ्गीका धुनसँगै गुञ्जिँदैछ गन्धर्व संस्कृति, असोज १० गते ‘गन्धर्व गुञ्जन’

पोखरा, ३ असोज ।पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ । असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न क्षेत्रका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारले प्रस्तुति दिने भएका छन् । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले कार्यक्रममार्फत गन्धर्व समुदायको मौलिक कला, सङ्गीत र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको जानकारी… पुरा पढौ

गीताञ्जली साहित्य परिवारद्वारा ‘मनका छिर्का’ मुक्तक संग्रह लोकार्पण एवम् २८५औँ साधना प्रभात सम्पन्न

पोखरा, ३ असोजपोखराको अग्रणी साहित्यिक संस्था गीताञ्जली साहित्य परिवार, पोखरा–१०, रामघाटको आयोजनामा २८५औँ साधना प्रभात तथा स्रष्टा शंकर ज्ञवालीद्वारा रचित प्रथम मुक्तक संग्रह ’मनका छिर्का’ को लोकार्पण समारोह भव्यताका साथ सम्पन्न भएको छ। शनिबार पोखरा–११, रामघाटस्थित पवित्र गीता मन्दिरको सभाहलमा आयोजित उक्त विशेष समारोहमा यस क्षेत्रका गण्यमान्य साहित्यप्रेमी, स्रष्टा, शिक्षाविद् तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय तथा… पुरा पढौ

पत्रकार तथा साहित्यकार तुलसी राम सुवेदीको प्रेमको रांको गीत सार्वजनिक

६ भाद्र पोखराबिगत लामो समय देखि पत्रकारिता गर्दै आएका पोखराका साहित्यकार तुलसीराम सुवेदीको रचना तथा सम्पादनमा तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ’प्रेमको रांको’ सार्वजनिक भएको छ ।गीतको बाल साहित्यकार सात्वीक सुवेदीले स्रष्टा सुवेदीको युटुव च्यानल फेसन मिडियाबाट अपलोड गरि सार्वजनिक गरेका हुन । यस गीतमा रोमान्टीक प्रेमभाव प्रस्तुत गरिएको छ । आधुनिक र पप संगितको रोमान्टीक मिश्रणले गित आर्कषक बनेको र सबै दर्शकको मन जित्ने आशा लिएको सर्जक सुवेदीले बताए ।सर्जक तुलसीराम सुवेदी कै निर्देशनमा जापानका बिभिन्न सहरका पर्यटकीय स्थलहरुको… पुरा पढौ

गितान्जली साहित्य समाज पोखराको अधिवेशन सम्पन्न, भानु भण्डारी ‘क्षितिज’ अध्यक्षमा पुनःनिर्वाचित

६ भाद्र पोखरा गितान्जली साहित्य समाज पोखरा को २० औ साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भानु भण्डारी ‘क्षितिज’लाई पुनः दोस्रो कार्यकाल का लागि अध्यक्षमा निर्वाचित गरेको छ।अधिवेशनमा अध्यक्ष पदका लागि भानु भण्डारी ‘क्षितिज’ र धर्मराज पौडेल ‘अल्पायु’बीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा भानु भण्डारी ‘क्षितिज’ विजयी भएका हुन्। अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्मत रूपमा पदाधिकारी तथा कार्यसमिति चयन गरिएको थियो।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक कल्याण पन्तले शपथ ग्रहण गराएका थिए। निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा टीका… पुरा पढौ

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु 

पोखरा, २९ साउन ।  नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताए । उनले गण्डकीबाट सुरु भएको अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले बाँड्यो सिर्जनाको सम्मान : रत्न पुरस्कारदेखि बालप्रतिभा प्रोत्साहनसम्म

श्रावण २४ गते, पोखरा । गीताञ्जली साहित्य परिवार पोखराले साहित्य सिर्जना, साधना र प्रतिभाको सम्मान गर्ने उद्देश्यसहित विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मान गरेको छ। संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानलाई निरन्तरता दिँदै यस वर्ष वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’, साहित्यकार पार्वती भट्ट र बालप्रतिभा प्रमिला सुनारलाई सम्मान गरेको हो।गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कारबाट वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’ सम्मानित हुनुभएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमकुमार न्यौपाने नियुक्त

पोखरा, असार २३ गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम प्रतिष्ठानको नयाँ नेतृत्व तथा प्राज्ञ सदस्यहरू मनोनयन गरेको छ । सरकारको निर्णय अनुसार प्रा. डा. कुसुमकुमार न्यौपाने प्रतिष्ठानको कुलपति, शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य–सचिव पदमा नियुक्त भएका छन्।त्यसैगरी प्रतिष्ठानको प्राज्ञ सदस्यमा साहित्य, भाषा, संगीत, संस्कृति, लोककला, चलचित्र तथा चित्रकला लगायत विभिन्न विधाका २४ जना व्यक्तित्वलाई चार वर्षका लागि मनोनयन गरिएको छ । मनोनीत प्राज्ञ सदस्यहरूमा अनुराग अधिकारी (साहित्य÷संगीत), इन्द्रमान खत्री (साहित्य–संस्कृति), ईश्वरीप्रसाद भुषाल (संगीत), प्रा. डा.… पुरा पढौ

मनोज घर्तीमगरका दुई अनुसन्धानमूलक कृति बजारमा

पोखरा, चैत २५ लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगर द्वारा लिखित दुई महत्वपूर्ण अनुसन्धानमूलक कृति हालै बजारमा सार्वजनिक भएका छन्। ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” नामक पुस्तकहरूको नवीन संस्करण प्रकाशनसँगै पाठक माझ आएका हुन्। ‘‘मगर जातिको इतिहास’’ शीर्षक कृति इतिहास तथा संस्कार–संस्कृतिका दुई मुख्य खण्डमा विभाजित १७६ पृष्ठको समग्र अध्ययनमूलक ग्रन्थ हो। यस पुस्तकमा मगर जातिको परिचय, प्राचीनता, उत्पत्ति, नामाकरणको आधार, मगरात क्षेत्र, मूल थलो, ऐतिहासिक राज्य र शासकहरू, थर–उपथर, भाषा, धर्म तथा विविध सांस्कृतिक संस्कारहरू (पूजा, कर्म, विवाह)… पुरा पढौ

साहित्यकार चन्द्रावती वाग्लेको नयाँ कृति “ कहर को त्यो समय ” लोर्कापण ।

पौष ५ गते पोखरा पोखराकी साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति “ कहरको त्यो समय” एक समारोहका बीच सार्वजनिक गरिएको छ । यस समारोहको आयोजना गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान पोखराले संयुक्त रुपमा गितामन्दिर पोखरा ११ को सभाहलमा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार माधब बियोगी रहेका थिए । कार्यक्रमको सभापतित्व गिताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानुभक्त भण्डारी “ क्षितीज ”ले गरेका थिए, भने कार्यक्रम सन्चालन नारी बाङ्मय प्रतिष्ठान पोखराकी सचिव लक्ष्मी थापाले गरेकी… पुरा पढौ

जापानमा साहित्यकार तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न

२१ भाद्र, टोकियो (जापान संवाददाता) साहित्यकार तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम जापानको टोकियोमा भव्यतापूर्वक सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र कास्की–पोखरा समाज जापानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा श्रेष्ठले आमा, हिउँमा लेखिएको नाम, लाहुरेको चिठी, लयमा लगायतका दर्जनौँ लोकप्रिय कविता वाचन गर्नुभएको थियो। श्रेष्ठका हिउँमा लेखिएका नामहरू, जिन्दगीको कुरुक्षेत्र, महाभारतमा गीतहरू मुक्तक संग्रह तथा मेरै हिमालजस्तो गीत संग्रह नेपाली साहित्यमा विशेष योगदान मानिन्छ । कार्यक्रममा नेपालका लागि जापान स्थित राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनए… पुरा पढौ