पोखरा, असार ३२ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा स्थापित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित भएका छन्। पुरस्कारअन्तर्गत हितानमगरलाई २०८२ सालको तथा गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १० हजार रुपैयाँ नगदसहित उनीहरूलाई सम्मान गरे। कार्यक्रममा बोल्दै प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारितामा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने…
पुरा पढौ