सूचना प्रविधि

‘भूकम्पीय जोखिमबाट बच्न जनचेतना फैलाउनुपर्ने’, राष्ट्रपति पौडेल

बैशाख १२ गते काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । सन्देशमा उनले, “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहकारीकरणले गर्दा भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ ।… पुरा पढौ

वसन्तकालीन यामको हिमाल आरोहण अनुमति सुरु

१३ पोखरायस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”,… पुरा पढौ

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ ः सञ्चारमन्त्री गुरुङ

फाईल तस्बीर
२४ माघ काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने,“काठमाडौँमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । ”कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए । सूचना प्रविधिको युगमा आइपुग्दासमेत… पुरा पढौ

सञ्चार मन्त्रालयले दोस्रो सय दिनमा गरेका काम सार्वजनिक

माघ १८ गते काठमाडौँ,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शत्प्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज पत्रकार सम्मेलन मार्फत कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शत्प्रतिशत कार्यसम्पन्न गरिएको बताइन् ।उनले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’ प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताइन् । जसमा ६७६ हुलाक कार्यालय, छ वटा हुलाक निर्देशनालय, एक… पुरा पढौ

शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिन आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा, १६ माघ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्ने आवश्यकता उनले औंल्याए । पोखरा–१९ तल्लाकोट स्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले यो समयमा पूरानो शैली र ढाँचाले पठनपाठन फलदायी नहुने उल्लेख गरे । ‘आज विद्यालयले आईसीटी ल्याब पनि उद्घाटन गरेको छ… पुरा पढौ

आत्मसमिक्षा गरेर काम गर्नुपर्छ ः मन्त्री गुरुङ

कार्तिक १५,काठमाड.डौंनेकपा एमालेका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेको बताएका छन् ।नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुभ दिपावली २०८१ को अवसरमा आयोजित देउसी भैलो सांस्कृतिक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्दै जाँदा पार्टी कमजोर हुँदै जाने बताएका हुन् । उनले भने, ‘पार्टीभित्र गुटबन्दीका कुराहरु उठ्न थालेका छन् । गुटबन्दीका कुराहरुलाई रोक्नुपर्छ र परास्त गरे मात्र पार्टी बलियो हुन सक्छ । हाम्रो पार्टीभित्र अहिले चाँही गुटबन्दीका कुराहरु जुन उठिरहेका छन् त्यो… पुरा पढौ

पोखरामा पटका पड्किँदा एक किशोर घाइते घाइते, उपचारका लागि काठमाडौँ लगियो

२०८१ कार्तिक १२ पोखरापोखरामा पटका बनाउने क्रममा पड्किएर एक किशोर घाइते भएका छन् । सोमबार दिउँसो करिब ३ः३० बजे सो घटना भएको जिल्ला प्रहरीकार्यालय कास्कीले जनएका ेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं २१ फुर्सेखोला निवासी १७ वर्षीय अशिम परियारले आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी प्रयोग गरी पटाका बनाउने क्रममा अचानक पड्किएको जनाईएका छ । सो घटनामा परियारको शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि… पुरा पढौ

कास्कीका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल सदस्य नियुक्त

१० कात्तिक पोखराकास्कीका पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । पोखरा २८ माझठाना स्थायी घर भएका लामिछाने सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेले पोखरा हटलाइन दैनिकबाट पत्रकारिता थालेका थिए ।नागरिक दैनिक, नेपाल समाचारपत्र दैैनिक, समय साप्ताहिक, बबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएम काम गरेको अनुभव बटुलेका लामिछाने पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिकको गण्डकी ब्युरो… पुरा पढौ

पत्रकारहरु माथि हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण

४ कार्तिक,पोखराराष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारहरु माथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघ को गम्भिर ध्यानाकर्षण भएको छ । आज बिहान ११ बजेदेखि पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए ।उक्त प्रदर्शनकोे क्रममा समाचार संकलनमा गएका केही पत्रकारलाई ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने लगायत अनर्गलरुपमा गाली गलौज गर्ने काम भएको… पुरा पढौ

सञ्चारिका पत्रकारिता पुरस्कार दुर्गा र बर्षालाई प्रदान गरिने

आश्विन २९ पोखरासञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ ।सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की संयोजक, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले भण्डारी र शर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको हो । विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी… पुरा पढौ