नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

-


     तुलसीराम सुवेदी    
     जेठ ३२ गते २०८२ मा प्रकाशित


३१ जेठ, पोखरा

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तीनदिने मल्टिमिडिया पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिम जेठ २९ गतेदेखि सुरु भई आज जेठ ३१ गते समापन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालीकाकी उपप्रमुख मञ्जु देवी गुरुङ रहनु भएको थियो ।
शुभकामना मन्तब्य दिदै उहांले पत्रकारको कलममा निकै ठूलो तागत रहेको बताउनु भयो । साथै अहिलेको प्रबिधीको बिकासलाई संयोजन गर्न सकिएन भने आफु पछि परिने भएको हुंदा प्रबिधीको सदुपयोग गर्दै निश्पक्ष ढंगले लाग्नु पर्ने बताउनु भयो ।
सञ्चार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै गुणस्तर अभिवृद्धि गर्ने तथा सञ्चारकर्मीको व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष माधव बरालले बताउनु भयो ।
तालिम नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । मुख्य प्रशिक्षकका रूपमा सञ्जालका संस्थापक तथा सञ्चारकर्मी रजनीश भण्डारीले प्रशिक्षण दिनुभएको थियो । अन्य प्रशिक्षकका रुपमा केशव शरण लामिछाने र कृष्ण दुवाडीले सहजीकरण गर्नुभएको थियो ।
तीन दिनसम्म चलेको तालिममा टेलिभिजन, छापा, अनलाइन र रेडियोमा आबद्ध ६० जना सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । तालिम सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेट्दै सञ्चालन गरिएको थियो ।
समापन समारोह नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष माधव रेग्मीले गर्नुभएको थियो भने सञ्चालन महासंघका सचिव भूपाल गुरुङले गर्नुभएको थियो ।