“तक्सेरा चिनारी फोटो प्रतियोगिता“ को पुरस्कार वितरण सम्पन्न ।

-


     तुलसी राम सुवेदी    
     जेठ १७ गते २०८२ मा प्रकाशित


१६ जेठ पोखरा,

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा फोटोग्राफर संघ पोखराको आयोजनामा सम्पन्न ‘तक्सेरा चिनारी फोटो प्रतियोगिता’ को पुरस्कार वितरण समारोह पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतियोगितामा कुल २७ जना फोटो पत्रकार तथा फोटोग्राफरहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा दुर्गासिंह थापा प्रथम स्थान हासिल गर्न सफल भए भने, दोस्रो स्थान सन्देश उदासले र तेस्रो स्थान लक्ष्मीपती पौडेलले प्राप्त गरे। साथै, उत्कृष्ट ६ जना फोटोग्राफरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। सान्त्वना प्राप्त गर्नेहरूमा भोलानाथ सुबेदी, नन्दकला पौडेल, देवानन्द पोख्रेल, बिष्णुहरि अधिकारी, राजु तिमिल्सिना र अग्नि धर तिमिल्सिना रहेका छन्।

पुरस्कार वितरण समारोहमा पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पुर्व प्रमुख पुनीराज घर्ती प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको अध्यक्षता पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तमाङले गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुबेदी, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १० का अध्यक्ष भरत बुढा, संघका संरक्षक गणेश छबि, पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष मैता घर्ती, तथा निर्णायक सदस्य पूर्व अध्यक्ष जयन्द्रकुमार राजभण्डारी,सल्लाहाकार बलराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा निर्णायक समितिका सदस्य गुरु प्रसाद तिवारीले फोटो छनोट प्रक्रियाबारे प्रकाश पारेका थिए भने पुरस्कृत फोटोग्राफर दुर्गासिंह थापाले आफ्नो अनुभव साझा गरेका थिए ।
कार्यक्रमको स्वागत उपाध्यक्ष नन्दकला पौडेलले गरिन् भने सञ्चालन सचिव लक्ष्मीपती पौडेलले गरे।
कार्यक्रमका संयोजक सुशिल अधिकारीले तक्सेरा क्षेत्रको पर्यटन सम्भावना तथा भ्रमणका अनुभवहरू प्रस्तुत गरेका थिए।
धन्यवाद ज्ञापन अध्यक्ष भक्त तमाङले गर्दै कार्यक्रम समापन गरेका थिए।