
१५ माघ,पोखरा
“दान गरिएको रगतको प्रत्येक थोपामा जिवन बगेको हुन्छ, रक्तदान नै जिवन दान हो ” भन्ने भावनाले स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजको १८ औ राष्ट्रिय स्वयमसेवी रक्तदाता दिवस पोखरमा भव्यताका साथ मनाईयो ।
प्रत्येक स्वस्थ्य युवाले आफ्नो १८ आंै जन्म दिन देखि रत्तदानको सुभारम्भ गरेर आफु पनि स्वथ्य रहौं र अरुलाई पनि जिवन दान दिउं भन्ने मुल मन्त्र मानेर मानव सेवामा सर्मपित नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्थापना दिवस हरेक बर्ष बिभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।
दिनहुं हजारौको संख्यामा नेपाली युवाहरु बिदेश पलायन भैरहेको अवस्थामा नेपालका युवाहरुले रगतको अभावबाट कसैको अकालमा ज्यान जान नपरोस भनेर समाजमा डटेर लागेको देख्दा आफुलाई निकै गर्व लागेको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मन बहादुर गुरुड.ले बताए ।
नेपालका युवाहरुको जोस जांगरका कारण निर्बिकल्प रक्त तत्वको ब्यवस्थापनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले गरेको काम र समाजमा देखिएको यस प्रकारको सकरात्मक कदममा आफु प्रभावित भएको बताउदै यो मानवीय सेवाको यात्रामा आफुपनि सहभागि हुने गुरुड.ले बताए ।
दान गरिएको रगतको प्रत्येक थोपा थोपा दया भावनाको प्रमाण रहेको संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले बताए ।
साथै दाताको उदारताले बनेको रक्षाको पुल र बिरामीहरुको सवैभन्दा कम्जोर घडीमा दिईएको जिवन रेखा रहेको समेत उनले बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजले दुर्लभ रगत देखि अत्यावश्यक रगतको प्रवन्ध मिलाउदै आएको छ । यो एक स्वयंसेवी संस्था हो जस्ले आपत बिपतका बेलामा समाजका हरेक समुदाय लाई सहयोग पुरयाउदै आएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल,नेपाल औषधी ब्यवसायी संघ कास्कीका अध्यक्ष धिरज गौतम, , प्रादेशिक रक्त संचार सेवा पोखरा का प्रमुख अर्जुन ज्ञावली, संस्थाका सल्लाहकार जितेन्द्रमान शाक्य, गिताशान्ति मार्ग टोल बिकास संस्थाका अध्यक्ष बिष्णु शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अमृत पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको गरेका थिए ।
साथै कार्यक्रममा ६५ जना आजिवन तथा १४ जना साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।




