
पौष ३ पोखरा २०८१
पोखराका फोटोग्राफरहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
ब्यबसायीहरुको आर्थिक उननयन साथै व्यवसाय प्रवद्र्धनका लागि स्थापित यस सहकारी संस्थाले संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक बर्ष रक्तदान कार्यक्रको आयोजना गर्दै आएको छ । हरेक बर्ष पौष ३ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु समेत गरिदै गर्दै आएको कुरा संस्थाका सचिव बिष्णुहरी अधिकारीले बताए ।



पोखराको टुडाकोपाटन स्थित संस्थाको आफ्नै कार्यालय परिसरमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा संस्थामा आबद्ध शेयर सदस्य र अन्य गरी जम्मा १ सय १ जनाले रक्तदान गरे ।
कार्यक्रमलाई सफल बनाउनका लागि फोटोग्राफर संघ गण्डकी प्रदेश तथा पोखरा फोटोग्राफर संघ ले सहयोगी संस्थाका रुपमा सहयोग पु¥याएको कुरा संस्थाका अध्यक्ष खडानन्द अधिकारीले जनाए ।
रक्तदान कार्यक्रमका प्रमुख अतिथि पोखरा फोटोग्राफर संघ पोखराका अध्यक्ष भक्त तामाड.ले पहिलो रक्तदाता संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेल लाई ब्लडब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।



कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि तामाड.ले सहकारी संस्थाले यस प्रकारका सामाजिक कार्यले संस्थाको गरिमा उच्च रहने बताए ।
स्थापना दिवस तथा रक्तदान कार्यक्रमका अबसरमा सञ्चालन गरिएको सो कार्यक्रमलाई अमेरिकामा रहेका सहकारीका संस्थापक अध्यक्ष नबिनराज पौडेलले अनलाईन मार्फत कार्यक्रमको सफलताको सुभेच्छा सहित शुभकामना ब्यक्त गरेका थिए भने रक्तदाताको तर्फ वाट देवानन्द पोखरेल , पोखरा फोटोग्राफर संघका सचिव लक्ष्मीपति पौडेल ,उपाध्यक्ष नन्दकला पौडेल, सिद्धार्थ टोल बिकास संस्थाका उपाध्यक्ष भवानी माकाजु , संस्थाका सल्लाहकार, ईन्द्र प्रसाद पौडेल, रविनाथ दाहाल, बलराम शर्मा ,तुलसी राम सुवेदी,संस्थाका पुर्व अध्यक्ष जिवन ढुंगाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल रेडक्रस सोसाईटी प्रादेशिक कार्यालय गण्डकीको प्रबिधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष खडानन्द अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्था उपाध्यक्ष बिनोद राज ढकालले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका सचिब बिष्णुहरी अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए त्यस्तै सहकारीका सात सिद्धान्त कार्यसमिति सदस्य तथा महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले बाचन गरेकी थिईन ।
साथै भरर्खर मात्र सम्पन्न नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य मा निर्वाचित संस्थाका सल्लाहकार तुलसी राम सुवेदी तथा गण्डकी प्रदेश पार्षदमा निर्वाचित संस्थाका पुर्व अध्यक्ष तथा सल्लाकार दुर्गा प्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।






