राजनीति

संविधान कानुनी दस्तावेज मात्र होइन, दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको परिणाम हो : प्रदेश प्रमुख भट्ट

पोखरा, ३ असोज ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संविधान जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलनलगायतका आन्दोलनमा जीवन उत्सर्ग गर्ने… पुरा पढौ

बाढीको महासंकट सामना गर्न आठ दलको १० बुँदे साझा संकल्प

सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय, अन्तर्राष्ट्रिय समुदायसँग आर्थिक तथा प्राविधिक सहयोगको अपिल११ भदौ, पोखरा नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका प्रमुख नदीहरूमा आएको अप्रत्याशित र विनाशकारी बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति देशका आठ प्रमुख राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सिंहदरबारमा आयोजित विशेष सर्वदलीय बैठकले प्राकृतिक विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट भई राष्ट्रिय एकता कायम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपरासीलगायतका जिल्लाहरूमा बाढीपहिरोका कारण भएको… पुरा पढौ

गितान्जली साहित्य समाज पोखराको अधिवेशन सम्पन्न, भानु भण्डारी ‘क्षितिज’ अध्यक्षमा पुनःनिर्वाचित

६ भाद्र पोखरा गितान्जली साहित्य समाज पोखरा को २० औ साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले भानु भण्डारी ‘क्षितिज’लाई पुनः दोस्रो कार्यकाल का लागि अध्यक्षमा निर्वाचित गरेको छ।अधिवेशनमा अध्यक्ष पदका लागि भानु भण्डारी ‘क्षितिज’ र धर्मराज पौडेल ‘अल्पायु’बीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा भानु भण्डारी ‘क्षितिज’ विजयी भएका हुन्। अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्मत रूपमा पदाधिकारी तथा कार्यसमिति चयन गरिएको थियो।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक कल्याण पन्तले शपथ ग्रहण गराएका थिए। निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा टीका… पुरा पढौ

संसदीय खुलापनबारे विद्यार्थीलाई अभिमुखीकरण

पोखरा, ५ भदौपोखराका विद्यार्थीले संसदीय खुलापन र अभ्यासका विषयमा जानकारी लिएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार यस विषयमा अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम गरिएको हो । युवा लक्षित संसदीय पहुँच कार्यक्रमअन्तर्गत भएको यो कार्यक्रममा पोखराका विभिन्न विद्यालयका ८० जनाभन्दा बढी विद्यार्थी सहभागी थिए । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर गैह्रापाटन र गण्डकी प्रदेश सभा सचिवालयको सहकार्यमा यो कार्यक्रम भएको हो ।प्रदेश सभा सचिवालयका कानुन अधिकृत रामबहादुर थापाले संसदीय खुलापन र अभ्यासका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गराए । उनले नेपालमा… पुरा पढौ

कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा

पोखरा ,भदौ ५ जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२-८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो । पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले… पुरा पढौ

गण्डकीका अधुरा आयोजना, संरक्षण क्षेत्र र कानुनी अड्चन हटाउन मुख्यमन्त्रीको पहल

पोखरा, १ भदौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र साहसँग भेटवार्ता गर्दै प्रदेश सरकारले अघि बढाउन चाहेका विभिन्न विकास आयोजना तथा कानुनी विषयमा संघीय सरकारबाट आवश्यक सहजीकरण र सहयोग गरिदिन आग्रह गरेका छन्।सोमबार प्रधानमन्त्री साहसँग भएको भेटमा मुख्यमन्त्री पाण्डेले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्गको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका हुन्।त्यसैगरी गण्डकी प्रदेशमा प्रस्तावित लोकाहाखोला र पुडीटार औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जग्गा… पुरा पढौ

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

पोखरा ,साउन २६ गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले पालिकाहरूलाई सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद मिति २०८३ साउन २६ गतेबाट ७ दिन थप गरिएको छ । समितिले मिति २०८३ साउन ११ गतेको पत्र मार्फत पन्ध्र दिन भित्र अध्ययन समिति समक्ष प्रस्ताब पठाउन आग्रह गरेको थियो। सो अबधिमा अन्नपूर्ण गाउपालिकाको मात्रै प्रस्ताब प्राप्त भएको हुँदा बाँकी पालिकाहरूलाई प्रस्ताब पठाउन सात दिनको म्याद थप… पुरा पढौ

जनसंख्या, भूगोल र प्रशासनिक सहजतालाई आधार बनाएर पालिका पुनर्संरचना गरिने

पोखरा, असार २२गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना र वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बैठकको उद्घाटन गर्दै नेपाल सरकारले स्थानीय तहको पुनरावलोकनका लागि दिएको जिम्मेवारीलाई पारदर्शी, तथ्यमा आधारित र प्रभावकारी ढंगले सम्पन्न गरिने बताउनुभयो। उहाँले कास्कीका पाँचवटै स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकबाट प्राप्त सुझावलाई समेट्दै समिति अघि बढ्ने स्पष्ट पार्नुभयो। प्रमुख पौडेलका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय… पुरा पढौ

रास्वपा महाधिबेशनः केन्द्रीय सदस्यको लागि मतदान सम्पन्न,

चितवन, ११ असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ । पार्टीको निर्वाचन आयोगले दिएको जानकारी अनुसार केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा त्यति मत खसेको हो । महाधिबेशनमा प्रवासका प्रतिनिधिहरुले एप मार्फत मतदान गर्न भने बाँकी रहेको बुझिएको छ । त्यसपछि मात्र मतपरिणाम घोषणा हुने समितिले जनाएको छ। निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । यहि असार ७ देखि… पुरा पढौ

मोदी–लामिछाने ऐतिहासिक भेट ः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने साझा प्रतिबद्धता

२० जेष्ठ २०८३, बुधबारभारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच बुधबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। पाँच दिने औपचारिक भ्रमणका क्रममा भएको उक्त भेटलाई नेपाल–भारत सम्बन्धको नयाँ अध्यायका रूपमा हेरिएको छ।भारतको राजधानी नयाँ दिल्लीमा भएको करिब एक घण्टा लामो भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस. जयशंकर समेत सहभागी थिए। उच्चस्तरीय उपस्थितिले भेटको कूटनीतिक महत्वलाई थप उजागर गरेको छ। भेटपश्चात् सभापति लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत ढाँचाबाट माथि उठाउँदै विकास,… पुरा पढौ