राजनीति

प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाएकी छिन्। आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन्। “जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन… पुरा पढौ

नेकपा एमाले को ११ औं महाधिबेशन पोखरामा हुने , संसद पुनस्थापनाको जनमत तयार गर्ने जस्ता निर्णय

३१ असोज पोखरा नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठक पार्टीको ११ औं महाधिबेशन पोखरामा गर्ने र संसद पुनस्थापनाको लागि जनमत तयार गर्ने लगायतका २२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै सकिएको छ । शुक्रबार सम्पन्न बैठकले पार्टीको ११ औ महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरेको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शनका क्रममा… पुरा पढौ

भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौँ ः प्रधानमन्त्री कार्की

२०८२ असोज ३१ गते, पोखरा प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउनु भयो । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उहांले यस्तो बताउनु भएको हो । ‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौँ र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौँ,’ उहांले बताउनुभयो । वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको ब्रिफिङको क्रममा उहाले बताउनु… पुरा पढौ

राष्ट्रपति पौडेलको अगुवाईमा सर्वदलिय बैठकमा, निर्बाचनमा केन्द्रित हुन दलहरुलाई आग्रह

२४ असोज पोखरा राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ… पुरा पढौ

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध ।

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध । पुरा पढौ

कास्की प्रशासनले नयाँ नागरिकता लगायत थप सेवा सुचारु गर्ने

पोखरा, असोज ७, २०८२ जिल्ला प्रशासन कार्यालय कास्कीले तोडफोड, आगजनी तथा लुटपाटका कारण क्षतिग्रस्त भएको कार्यालयको मर्मत पश्चात नयाँ सेवाहरू विस्तार गर्ने भएको छ । कार्यालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार, २०८२ भाद्र २४ गतेको घटनापछि आंशिक रूपमा मात्र सेवा प्रदान गर्दै आएकोमा भाद्र २९ गते देखि केही सेवा सञ्चालनमा ल्याइसकेकाले, असोज ८ गते देखि थप सेवा विस्तार गरिने भएको हो । नवीन रूपमा सुरु हुने सेवामा नयाँ नागरिकता वितरण, आगजनी पश्चातको प्रक्रिया अनुसार राहदानी विभागबाट प्राप्त भएका राहदानी वितरण (रजिस्टर्ड… पुरा पढौ

पछिल्लो दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्किए

२०८२ असोज ७ गते पोखरा ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेका कैदीबन्दी मध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै ७ हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको… पुरा पढौ

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ः मन्त्रिपरिषद् नौ सदस्यीय बन्यो, आइतबार थप पाँच जना मन्त्री नियुक्त

काठमाडौँ, २०८२ असोज ६ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले आइतबार थप पाँच जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्को संरचना नौ सदस्यीय पुगेको छ। नयाँ नियुक्त मन्त्रीहरूले आज एक कार्यक्रमका बिच शपथ ग्रहण सम्पन्न भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पत्रकार जगदीश खरेललाई दिइएको छ । लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय खरेल हालसम्म इमेज टिभीका समाचार प्रमुख थिए । पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका खरेल हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी अध्ययनरत छन् । शिक्षा, विज्ञान तथा… पुरा पढौ

जेन–जी’ आन्दोलन ः करिब २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी

काठमाडौँ, २०८२ असोज ६ गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा भएको क्षतिको क्षतिपूर्ति स्वरूप हालसम्म करिब २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा जम्मा एक हजार ९८४ वटा दाबी दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी दाबी ‘द ओरियन्टल इन्स्योरेन्स कम्पनी’मा परेको छ, जसअन्तर्गत ४० वटा दाबीमार्फत करिब पाँच अर्ब १४ करोड रुपैयाँ बराबर क्षतिपूर्ति माग भएको छ। त्यसपछि ‘सिद्धार्थ… पुरा पढौ

संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ, असोज ३ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई समान अधिकारसहित राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विगतका विभेद र उत्पीडनको अन्त्य संविधानमार्फत् भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपतिले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै सेवामा समान पहुँच र सामाजिक सुरक्षामा जोड दिनुभयो। उहाँले प्राकृतिक… पुरा पढौ