समाचार

बन्द कोठाको छलफलबाट अर्थतन्त्र सुधारिँदैन, निजी क्षेत्रसँग संवाद आवश्यक : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद नगरी सरकार एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको बताएका छन् । उनले सरकारसँग काम गर्ने उत्साह भए पनि सरोकारवालासँगको संवाद र अनुभवको कमीले आर्थिक नीतिको कार्यान्वयनमा अन्योल देखिएको टिप्पणी गरे । शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रका संस्थासँग संस्थागत रूपमा छलफल गर्नुभन्दा ‘बन्द कोठा’मा निर्णय गर्ने प्रवृत्ति अपनाएको बताए । “सरकार संवादमा छैन, अरूलाई विश्वास गर्दैन,”… पुरा पढौ

सारङ्गीका धुनसँगै गुञ्जिँदैछ गन्धर्व संस्कृति, असोज १० गते ‘गन्धर्व गुञ्जन’

पोखरा, ३ असोज ।पोखरा प्रज्ञा प्रतिष्ठानले गन्धर्व समुदायको मौलिक कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम आयोजना गर्ने भएको छ । असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न क्षेत्रका ८३ जना गन्धर्व कलाकार र तीन जना अतिथि कलाकारसहित ८६ जना कलाकारले प्रस्तुति दिने भएका छन् । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाले कार्यक्रममार्फत गन्धर्व समुदायको मौलिक कला, सङ्गीत र सांस्कृतिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको जानकारी… पुरा पढौ

संविधान कानुनी दस्तावेज मात्र होइन, दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको परिणाम हो : प्रदेश प्रमुख भट्ट

पोखरा, ३ असोज ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संविधान जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलनलगायतका आन्दोलनमा जीवन उत्सर्ग गर्ने… पुरा पढौ

गीताञ्जली साहित्य परिवारद्वारा ‘मनका छिर्का’ मुक्तक संग्रह लोकार्पण एवम् २८५औँ साधना प्रभात सम्पन्न

पोखरा, ३ असोजपोखराको अग्रणी साहित्यिक संस्था गीताञ्जली साहित्य परिवार, पोखरा–१०, रामघाटको आयोजनामा २८५औँ साधना प्रभात तथा स्रष्टा शंकर ज्ञवालीद्वारा रचित प्रथम मुक्तक संग्रह ’मनका छिर्का’ को लोकार्पण समारोह भव्यताका साथ सम्पन्न भएको छ। शनिबार पोखरा–११, रामघाटस्थित पवित्र गीता मन्दिरको सभाहलमा आयोजित उक्त विशेष समारोहमा यस क्षेत्रका गण्यमान्य साहित्यप्रेमी, स्रष्टा, शिक्षाविद् तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा डा बलराम उपाध्याय तथा… पुरा पढौ

ऋषिपञ्चमी पूजासँगै तीज पर्व समापन

पोखरा, ३० भदौ हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको हरितालिका तीज पर्व आज ऋषिपञ्चमी पूजा तथा सप्तऋषिको आराधनासँगै विधिवत् समापन भएको छ। तीजको अन्तिम दिनका रूपमा मनाइने ऋषिपञ्चमीमा महिलाहरूले पवित्र स्नान, शुद्धीकरण तथा सप्तऋषिको पूजा–आराधना गरी धार्मिक आस्था र परम्पराप्रति श्रद्धा व्यक्त गरेका छन्। ऋषिपञ्चमीलाई महिलाहरूको आत्मशुद्धि र धार्मिक प्रायश्चितसँग जोडिएको पर्वका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार रजस्वला भएका बेला जानेर वा नजानेर भएका त्रुटि तथा दोषबाट मुक्ति प्राप्त गर्ने उद्देश्यले ऋषिपञ्चमीको दिन व्रत बसेर सप्तऋषिको पूजा… पुरा पढौ

फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै

पोखरा, ३० भदौ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्ने भएको छ। पहिलो उडानका क्रममा विमान तथा यात्रुलाई विमानस्थलमा पानीको फोहरासहित विशेष स्वागत गर्ने तयारी गरिएको छ।फ्लाई दुबईको विमान बुधबार साँझ पोखरा अवतरण गरी सोही दिन यात्रु लिएर दुबई फर्किनेछ। उडान तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो दिन निर्धारित समयभन्दा केहीअघि नै विमान अवतरण… पुरा पढौ

हरितालिका तीजः धार्मिक आस्था, सांस्कृतिक परम्परा र नारी एकताको पर्व

तुलसी राम सुवेदीपोखरा, २९ भदौ ।हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक देशभर बढेको छ। विशेषगरी महिलाहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउने तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति, दाम्पत्य जीवनको दीर्घायु तथा सामाजिक सद्भावसँग जोडिएको पर्वका रूपमा स्थापित छ।हरितालिका तीज भगवान् शिव र माता पार्वतीको पवित्र मिलनसँग सम्बन्धित धार्मिक विश्वासमा आधारित छ। पौराणिक कथाअनुसार माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र व्रत गरेकी थिइन्। पार्वतीकी सखीहरूले उनलाई सुरक्षित स्थानमा लगेर तपस्या… पुरा पढौ

रामघाटमा प्रस्तावित गीता मन्दिर धर्मशालाको शिलान्यास

धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा पोखरा, २४ भदौ । पोखरा महानगरपालिका ११ रामघाटमा प्रस्तावित ‘गीता मन्दिर धर्मशाला निर्माण योजनाको बुधबार वैदिक विधिपूर्वक शिलान्यास गरिएको छ। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पूजाआजा तथा वैदिक विधिअनुसार धर्मशाला निर्माण स्थलमा शिलान्यास गर्नुभएको हो। श्री गीता अध्ययन मण्डल, सनातन धर्म सेवा आश्रम एवं गीता मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहान ८ः३० बजे आयोजित शिलान्यास समारोहमा धार्मिक तथा सामाजिक व्यक्तित्व, स्थानीयवासी, समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका… पुरा पढौ

विपद्को पीडामा एकजुट हुँदै पोखरा फोटोग्राफर संघ, श्रद्धाञ्जली सभा आयोजना

२२ भदौ २०८३, पोखरा ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पोखरा फोटोग्राफर संघले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा विपद्मा परेका परिवारप्रति ऐक्यबद्धता जनाएकोे छ ।संघले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्णप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै दीप प्रज्वलन तथा शोकसभा आयोजना गरेको हो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूका साथै संस्थापक, संरक्षक, पूर्वअध्यक्षहरु, , अक्षयकोषदाता, आजीवन तथा साधारण सदस्य, महिला उपसमितिका… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको इतिहासमा पहिलो महिला अध्यक्ष : शोभा गौतम निर्वाचित

२२ भदौ २०८३, पोखरा ।पोखराको उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था पोखरा उद्योग वाणिज्य संघले आफ्नो सात दशक लामो इतिहासमा नयाँ अध्याय थपेको छ । संघको ३६औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएसँगै संघको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो ।गौतमले अध्यक्ष पदका तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछि पार्दै ऐतिहासिक जित हासिल गरेकी हुन ्। यससँगै लामो समयदेखि पुरुष नेतृत्वमा रहेको संघको बागडोर अब महिला नेतृत्वले सम्हाल्ने भएको छ । यसअघि विन्दु कोइराला… पुरा पढौ