समाचार

उत्कृष्ट २० उद्यमीमा पोखराका कमलराज पराजुली

नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने पराजुलीको योजना काठमाडौं, साउन २६ । पोखराका युवा उद्यमी कमलराज पराजुली देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीको सूचीमा पर्न सफल भएका छन्। अमेरिकी दूतावासको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम–क्यापस्टोन एक्सेलेरेटर’ अन्तर्गत देशभरबाट प्राप्त ८ सयभन्दा बढी आवेदनमध्ये पराजुली उत्कृष्ट २० उद्यमीमा छनोट भएका हुन्। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पराजुलीले काठमाडौंमा आयोजित तीन दिने आवासीय कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रमको अन्तिम चरणमा सहभागी उद्यमीहरूले लगानीकर्ता, व्यवसाय विज्ञ तथा सरोकारवालामाझ आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका थिए।… पुरा पढौ

सम्पत्तिको सपना देख्दा ३१ लाख गुम्यो

बेलायतमा अथाह सम्पत्ति भएको भन्दै विवाहको प्रलोभन देखाउने अपरिचित व्यक्तिको विश्वासमा पर्दा कास्कीकी एक महिलाले ३१ लाख रुपैयाँ गुमाएकी छन्। फेसबुकबाट सुरु भएको चिनजान केही समयमै प्रेम र विवाहको प्रस्तावमा परिणत भयो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने ती व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा ठूलो सम्पत्ति रहेको बताएका थिए। उनले आफू बेलायतको सम्पत्ति बेचेर नेपाल आउन लागेको, नेपालमै घरजग्गा किनेर ती महिलासँगै जीवन बिताउने आश्वासन दिएका थिए। विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउने र भिडियो कलसमेत गर्ने गरेको… पुरा पढौ

सामुदायिक वनलाई उद्यमसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड

पोखरा, २४ साउन सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो ।पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो ।पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि… पुरा पढौ

पोखरामा रगत अभाव हुन नदिन लायन्स क्लबको रक्तदान, ५५ युनिट संकलन

पोखरा, २४ साउनवर्षायामसँगै पोखरामा रगतको अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ। रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्लबका सदस्य तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब रक्तदान विभाग प्रमुख मिनबहादुर लामिछानेले ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने भावनाबाट प्रेरित हुँदै लायन्स क्लबहरूले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले आवश्यकताका समयमा रगत उपलब्ध गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो। पोखरा… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले बाँड्यो सिर्जनाको सम्मान : रत्न पुरस्कारदेखि बालप्रतिभा प्रोत्साहनसम्म

श्रावण २४ गते, पोखरा । गीताञ्जली साहित्य परिवार पोखराले साहित्य सिर्जना, साधना र प्रतिभाको सम्मान गर्ने उद्देश्यसहित विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मान गरेको छ। संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानलाई निरन्तरता दिँदै यस वर्ष वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’, साहित्यकार पार्वती भट्ट र बालप्रतिभा प्रमिला सुनारलाई सम्मान गरेको हो।गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कारबाट वरिष्ठ साहित्यकार सरस्वती श्रेष्ठ ‘शरु’ सम्मानित हुनुभएको छ। उहाँलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको… पुरा पढौ

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

मंगलवार, श्रावण १९ २०८३ चितवन, भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएकोे छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज गरेको हो । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिए । विद्युत्… पुरा पढौ

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय  केजी अर्गानिक मल हस्तान्तरण

पोखरा, साउन १९ गते पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ ।जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त मल हस्तान्तरण गरिएको हो । रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।कार्यक्रममा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व दौड रोचक बन्दै, चार उम्मेदवारको सम्भावना

पोखरा, साउन १९ पोखराको निजी क्षेत्रको अग्रणी छाता संस्था पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चारजनासम्म उम्मेदवार बन्न सक्ने सम्भावना देखिएको छ। उम्मेदवारहरूको संख्या बढ्ने संकेतसँगै सहमति कायम गराउने प्रयास पनि विभिन्न तहबाट तीव्र बनेको छ। हालसम्म वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यसअघि दुई पटक अध्यक्षमा पराजित अर्जुन पोखरेल पनि उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा… पुरा पढौ

स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि शान्ति ¥याली सम्पन्न

साउन १७, २०८३ , पोखरा सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा आपसी सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा आइतबार बिहान शान्ति ¥याली आयोजना गरिएको छ। पुतलीबजार नगरपालिका–१ स्थित रेडियोचोकबाट सुरु भएको ¥यालीको नेतृत्व लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए। समाजमा शान्ति, सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने उद्देश्यका साथ ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ। करीब २०० जनाको सहभागिता रहेको ¥यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था,… पुरा पढौ

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

आइतवार, श्रावण १७ पोखरागृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । वार्तामा आन्दोलनरत् हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै १३ बुँदे मागपत्र पेस गरेको थियो । सोही मागपत्रका आधारमा सहमति भएको जनाएको छ । सहमतिअनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा… पुरा पढौ