२८ श्रावण पोखरा । पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित भएका छन् । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई नगदसहित सम्मान गरेको हो । संघको पोखरामा आयोजित १८औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनका अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेश अध्यक्ष विकास गुरुङ, सचिव मनशान्त घिमिरे तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद, फेटा र सम्मानपत्र प्रदान…
पुरा पढौ