समाचार

गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमकुमार न्यौपाने नियुक्त

पोखरा, असार २३ गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठान ऐन, २०७६ बमोजिम प्रतिष्ठानको नयाँ नेतृत्व तथा प्राज्ञ सदस्यहरू मनोनयन गरेको छ । सरकारको निर्णय अनुसार प्रा. डा. कुसुमकुमार न्यौपाने प्रतिष्ठानको कुलपति, शंकर विरही गुरुङ उपकुलपति तथा मनकुमार श्रेष्ठ सदस्य–सचिव पदमा नियुक्त भएका छन्।त्यसैगरी प्रतिष्ठानको प्राज्ञ सदस्यमा साहित्य, भाषा, संगीत, संस्कृति, लोककला, चलचित्र तथा चित्रकला लगायत विभिन्न विधाका २४ जना व्यक्तित्वलाई चार वर्षका लागि मनोनयन गरिएको छ । मनोनीत प्राज्ञ सदस्यहरूमा अनुराग अधिकारी (साहित्य÷संगीत), इन्द्रमान खत्री (साहित्य–संस्कृति), ईश्वरीप्रसाद भुषाल (संगीत), प्रा. डा.… पुरा पढौ

पोखरा–दुबई उडान दीगो बनाउन फ्लाई दुबईले सरकार र निजी क्षेत्रको साथ खोज्यो

पोखरा, असार २३ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ (सेप्टेम्बर २३) देखि दुबईका लागि नियमित उडान गर्ने घोषणा गर्दै फ्लाई दुबईले टिकट बुकिङ खुला गरेपछि पोखरा र आसपासका व्यवसायी तथा सर्वसाधारण उत्साहित बनेका छन ्। कम्पनीले भने उडानलाई दीर्घकालीन र नियमित बनाउन तीनै तहका सरकार तथा निजी क्षेत्रको सक्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।यसअघि चीन र भुटानका गन्तव्यमा सुरु भएका अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अनुभवका कारण पोखरा–दुबई उडानको स्थायित्वबारे चासो बढिरहेका बेला फ्लाई दुबईको टोलीले पोखरामा विभिन्न सरोकारवालासँग… पुरा पढौ

आयोजक मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

२२ असार  खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि, ३८औँ मिनेटमा ह्यारी केनको पासमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २-० को बलियो अवस्थामा पुर्‍याए। बेलिङ्घमका यी दुई गोल केवल ९८ सेकेन्डको अन्तरमा भएको हो । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा जुलियन किन्योनेसले शक्तिशाली प्रहारमार्फत गोल गर्दै मेक्सिकोलाई २-१ को अवस्थामा फर्काए। ५४ औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रातो कार्ड पाए। त्यससँगै इङ्ग्ल्यान्ड… पुरा पढौ

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

आषाढ २२ पोखराएर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले… पुरा पढौ

जनसंख्या, भूगोल र प्रशासनिक सहजतालाई आधार बनाएर पालिका पुनर्संरचना गरिने

पोखरा, असार २२गाउँपालिका, नगरपालिका तथा वडाको संख्या, सिमाना र वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड–२०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बैठकको उद्घाटन गर्दै नेपाल सरकारले स्थानीय तहको पुनरावलोकनका लागि दिएको जिम्मेवारीलाई पारदर्शी, तथ्यमा आधारित र प्रभावकारी ढंगले सम्पन्न गरिने बताउनुभयो। उहाँले कास्कीका पाँचवटै स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकबाट प्राप्त सुझावलाई समेट्दै समिति अघि बढ्ने स्पष्ट पार्नुभयो। प्रमुख पौडेलका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय… पुरा पढौ

फोटो पत्रकारको पेशागत सुरक्षा र कल्याणमा सहयोग जुट्दै, रञ्जितको उदाहरणीय साथ

पोखरा, असार २१नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीद्वारा स्थापना गरिएको ‘फोटो पत्रकार अक्षयकोष’ लाई वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जित ले नगद रु. ६३ हजार सहयोग प्रदान गरेका छन्। फोटो पत्रकारहरूको पेशागत हित, सुरक्षा तथा कल्याणका लागि स्थापना गरिएको कोषमा उनको योगदानलाई उदाहरणीय सहयोगका रूपमा लिइएको छ। पोखरामा आयोजित कार्यक्रममा रञ्जितले उक्त रकम एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङ लाई हस्तान्तरण गर्दै फोटो पत्रकारिता केवल समाचार संकलनको माध्यम नभई समाज र इतिहासलाई दस्तावेजीकरण गर्ने महत्वपूर्ण पेशा भएको बताए। उनले पोखराको खेलकुद गतिविधिलाई… पुरा पढौ

कोरला–मुस्ताङ पर्यटन विकासलाई गति दिने सरकारको प्रतिबद्धता, स्थानीय सरोकारवालासँग व्यापक छलफल

मुस्ताङ, असार २१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गतको कोरला सडकलाई देशकै महत्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको स्पष्ट योजना रहेको बताएका छन्। मुस्ताङको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा पूर्वाधार विस्तारका विषयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्म जोड्ने सडकलाई शीघ्र स्तरोन्नति गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा विकास गरिने जानकारी दिए। उनले पर्यटनलाई नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै कोरला… पुरा पढौ

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

२१ असार,पोखराआर्थिक वर्ष २०६१÷६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाको अपेक्षित भौतिक प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चासो व्यक्त गरेका छन् । आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले समय सीमाभित्र आयोजना सम्पन्न गर्न सम्वद्ध पक्षलाई निर्देशन दिएका हुन् । आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिको ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर… पुरा पढौ

दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई

पोखरा २१ असार दोस्रो संस्करणको एकल नृत्य प्रतियोगिता ‘नृत्य संग्राम’ को उपाधि जुनियर ‘ए’तर्फ इसानी आले मगर, जुनियर ‘बी‘तर्फ कृपा गुरुङ र सिनियरतर्फ लाजिमा राईले जितेका छन् ।बी टु डी डान्स स्कुल पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा तीन विधाका ३९ जना उत्कृष्ट प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धापछि विजेताको घोषणा गरिएको हो । ग्राण्ड फिनाले गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रतियोगितामा जुनियर ‘ए’ समूहको उपाधि इसानी आले मगर, जुनियर ‘बी’ समूहको… पुरा पढौ

गण्डकीमा अग्रज पत्रकार सम्मानको थालनी, पाँच पत्रकार सम्मानित

पोखरा, असार २०गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले प्रदेशको पत्रकारिता इतिहासलाई संस्थागत रूपमा अभिलेखीकरण गर्ने उद्देश्यसहित अग्रज पत्रकार सम्मान कार्यक्रमको औपचारिक थालनी गरेको छ । पोखरामा शनिबार आयोजित ‘गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोह’ मा पत्रकारितामा दीर्घकालीन योगदान पु¥याएका गण्डकी प्रदेशका पाँच अग्रज पत्रकारलाई नगद, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।यस वर्ष सम्मानित हुनेमा पोखराका स्वर्गीय केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री… पुरा पढौ