समाचार

मदनकृष्ण श्रेष्ठको जीवनकथामा चलचित्र निर्माण हुने, शीर्ष भूमिकामा महेश त्रिपाठी

पोखरा, ९ असार नेपाली कला र रंगमञ्चका अग्रणी व्यक्तित्व मदनकृष्ण श्रेष्ठ को जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। चर्चित निर्देशक मिलन चाम्स ले निर्देशन गर्ने यस चलचित्रमा पोखराका अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा देखिने भएका छन्।चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र संघर्षपूर्ण कलात्मक यात्रालाई जीवन्त बनाउनेछन् भने स्वर्गीय यशोदा सुवेदीको भूमिकामा केकी अधिकारी प्रस्तुत हुनेछन्। चलचित्रले श्रेष्ठको प्रेरणादायी जीवन, उतारचढाव र कलात्मक योगदानलाई संवेदनशील ढंगले पर्दामा उतार्ने लक्ष्य लिएको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’… पुरा पढौ

रास्वपाका गण्डकी सभापति त्रिपाठी सम्मानित

पोखरा, असार २राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मान पत्रसहित सम्मान गरेको छ ।क्लबद्वारा आयोजित विशेष समारोहमा त्रिपाठीको प्रभावशाली नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पु¥याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान अर्पण गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेमजाका निर्देशक समेत रहेका छन्।सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार, प्रेरित र सेवामुखी बन्न ऊर्जा प्रदान गरेको उल्लेख गर्दै समाज र राष्ट्रप्रतिको सेवामा… पुरा पढौ

नेपाल र चीनबीच एक अर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

मंगलवार, आषाढ २ २०८३, पोखराकाठमाडौँ । नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एक अर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन् । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो… पुरा पढौ

२३औँ विश्व रक्तदाता दिवसमा पोखरामा रक्तदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

पोखरा, १ असार ।“मानवताको एक थोपाः रगत दिउँ, जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै २३औँ विश्व रक्तदाता दिवसको अवसरमा पोखरामा रक्तदान, जनचेतनामूलक ¥याली, सदस्यता वितरण तथा दीर्घकालीन रक्तदाताहरूको सम्मानसहितको विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम Nepal Voluntary Blood Donors Society Kaski का अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथि Dr. Abhishek Maskey (नेपाल मणिपाल शिक्षण अस्पतालका निर्देशक) ले पानसमा दीप प्रज्वलन गरी तथा रक्तदातालाई रक्तथैली हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। रक्तदान र सम्मान… पुरा पढौ

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता सम्पन्न, ७५ खेलाडीको सहभागिता

पोखरा, १ असार ।पोखरा महानगरपालिकाको खेलकुद विकास समितिद्वारा आयोजित दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत अन्तरविद्यालय जुडो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा छात्र तथा छात्रा गरी विभिन्न तौल समूहमा कुल ७५ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक तथा Pokhara Metropolitan City Sports Development Committee का अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगिता ग्रासरुट स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको हो। छात्रतर्फको नतिजा छात्रतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी… पुरा पढौ

आज मध्यरातमा हुँदैछ फुटबल महाकुम्भको आकर्षक सुरुवात ३ देशमा १०४ खेलको रोमाञ्च

२०८३ जेठ २८ पोखराविश्वकै लोकप्रिय खेल फुटबलको महाकुम्भ मानिने विश्वकप यस पटक बिहीबार मध्यरातिदेखि सुरु हुँदै छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने यो प्रतियोगितालाई लिएर अहिले संसारभर उत्साह छाएको छ । नेपालमा पनि फुटबलको ज्वरोले समर्थकहरु रन्किएका छन् । समर्थकहरु आआफ्नो मनपर्ने टिमको जर्सी खरिद गर्न र खेल हेर्ने योजना बनाउन व्यस्त देखिन्छन् । होटल र रेस्टुरेन्टहरुले पनि यस अवसरमा विशेष कार्यक्रमहरु ल्याएका छन् । फुटबल इतिहासमा पहिलो पटक तीनवटा देशले मिलेर विश्वकप आयोजना गर्न लागेका… पुरा पढौ

ढाड सेक्ने निर्णयदेखि आस्थामाथि प्रहारसम्म ः पपुलिजमको जालमा नेपालको राजनीति, जनताले के पाइरहेका छन् ?

तस्बिर AI
२८ जेष्ठ पोखरा,नेपालको समकालीन राजनीति दिनप्रतिदिन पपुलिजम (लोकप्रियतावाद) को जटिल चक्रमा फस्दै गएको देखिन्छ । “जनताको पक्षमा” भन्ने आकर्षक नारासहित अघि बढाइएका नीति तथा निर्णयहरू व्यवहारमा भने सर्वसाधारणकै ढाड सेक्ने खालका बन्न थालेका छन्। यसले लोकप्रियता र वास्तविक सेवा प्रवाहबीच गहिरो अन्तर रहेको स्पष्ट संकेत दिएको छ ।अहिलेको सरकार तुलनात्मक रूपमा लोकप्रिय देखिए पनि जनताले प्रत्यक्ष रूपमा भोगिरहेको अवस्था भने फरक छ । पछिल्लो समय विद्युत महसुलमा कर थपिएको विषयले आम नागरिकमा असन्तुष्टि बढाएको छ । महँगीले थिचिएको जनतालाई राहत… पुरा पढौ

२५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने, सुचना जारी गर्दै सरकारले लगायो प्रतिबन्ध

२७ जेष्ठ २०८३, बुधबार  काठमाडौँ, रास्वपा नेतृत्वको सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ। सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गर्दै हड्ताल गर्न निषेध गरेको जनाएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधी, फोहोरमैला, बैंक,… पुरा पढौ

कास्कीमा अनुसन्धानमूलक लेखन तालिम सम्पन्न, ६० पत्रकार लाभान्वित

तुलसी राम सुवेदीपोखरा, जेठ २७ कास्कीका पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चारदिने अनुसन्धानमूलक लेख लेखन तालिम आज सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा पहिलो पटक सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका ६० जना सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो। तालिममा त्रिभुवन विश्वविद्यालय का पत्रकारिता विषयका प्राध्यापकहरू डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले सहजीकरण गर्नुभएको थियो। यसका साथै अनुसन्धानमूलक लेख लेखनको सार, अवसर र चुनौतीका विषयमा अमृत कुमार भण्डारीले… पुरा पढौ

कास्कीमा पहिलो पटक अनुसन्धानमूलक लेखन तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

पोखरा, जेठ २४ कास्कीका पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने अनुसन्धानमूलक लेख लेखन तालिम आजदेखि पोखरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिम पहिलो पटक आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले पत्रकारका लागि यस्ता तालिमहरू सधैँ आवश्यक रहने उल्लेख गर्दै सिकाइ र अध्ययनको प्रक्रिया कहिल्यै समाप्त नहुने धारणा राख्नुभयो।तालिममा त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापकहरू डा. कुन्दन अर्याल,… पुरा पढौ