समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको बढ्दो चासो, ६ घण्टा लामो प्राविधिक निरीक्षणपछि दैनिक उडानको ढोका खुल्दै

पोखरा, २० जेठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनतर्फ दीर्घ प्रतीक्षापछि उल्लेखनीय प्रगति भएको छ। संयुक्त अरब इमिरेट्सको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबई ले पोखराबाट सिधा उडान सञ्चालन गर्ने स्पष्ट संकेत दिएको छ। कम्पनीका जोखिम व्यवस्थापनसम्बन्धी उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा करिब ६ घण्टा लामो गहन स्थलगत निरीक्षण र प्राविधिक छलफल सम्पन्न गरेको हो। टोलीले धावनमार्ग, उडान सुरक्षा प्रणाली, नेभिगेसन प्रविधि तथा अन्य भौतिक पूर्वाधारको सूक्ष्म अध्ययन गर्दै अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सम्पूर्ण… पुरा पढौ

भारतद्वारा नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष अस्वीकार

मंगलबार, १९ जेष्ठ २०८३भारतले नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको सहभागितालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल–भारतबीचका सबै विषयहरू द्विपक्षीय रूपमा समाधान गरिनुपर्नेमा जोड दिए। उनले नेपालतर्फबाट हालै व्यक्त गरिएको तेस्रो पक्ष संलग्नतासम्बन्धी अभिव्यक्तिलाई अस्वीकार गर्दै भने, “भारत र नेपालबीचका विषयहरू आपसी संवाद र समझदारीमार्फत समाधान गर्नुपर्ने हो, यसमा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन।”यसअघि प्रधानमन्त्री बालेन्द्र… पुरा पढौ

बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

पोखरा, बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलवार बिहान उनलाई पर्सा जिल्लाको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।मेयर सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुरा पढौ

पोखराको न्युरोडका व्यवसायीले मागे दुवैतर्फ व्यवस्थित पार्किङ

पोखराको न्युरोड क्षेत्रमा अचले सडकको पूर्वी भागमा मात्र सवारी पार्किङको व्यवस्था गरिएको छ। यस व्यवस्थाले सडक व्यवस्थापनमा केही सहजता ल्याए पनि पश्चिमी भागका चहलपहल कम हुँदा व्यापारिक गतिविधि घट्दै गएको व्यवसायीहरूले गुनासो गरेका छन् । सवारी पार्किङका कारण जाम नहुने न्युरोडमा एक साइडमा सवारी राखेर अर्काे साइडमा जान कठिन पर्छ । एकातिर सडकमा दौडिइरहेका सवारी, अर्कातिर बिचको डिभाइडरले लामो दूरी पैदलकै घुम्नुपर्दा पार्किङ गर्न निषेध गरिएको क्षेत्र सुनसान भएको व्यवसायीहरुको गुनासो छ । स्थानीय व्यवसायीले सम्बन्धित निकायहरुसँग सडक सुरक्षालाई प्राथमिकतामा… पुरा पढौ

मुस्ताङका फोटोग्राफर एकजुट, तदर्थ समिति गठन

१८ जेठ, पोखराफोटोग्राफी पेशालाई संगठित र सुदृढ बनाउने उद्देश्यसहित मुस्ताङका फोटोग्राफरहरू एकजुट भएका छन ्। फोटोग्राफर संघ गण्डकी को १०औँ संस्थाका रूपमा मुस्ताङ फोटोग्राफर संघ गठन गरिएको हो ।संघको आयोजनामा जेष्ठ १५ गते म्याग्दीको बेनीमा फोटोग्राफी क्षेत्रका चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसपछि जेठ १६ गते मुस्ताङको जोमसोममा सम्पन्न भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।मुस्ताङका फोटोग्राफरहरूको स्थानीय व्यवस्थापनमा सञ्चालन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट व्यावसायिक फोटोग्राफरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा… पुरा पढौ

फेवातालमा तेस्रो खुला डुंगा दौड सम्पन्न ,पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाटको वर्चस्व

१८ जेठ २०८३, पोखरा। पर्यटकीय नगरी पोखराको मुटु मानिने फेवातालमा तेस्रो संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ। फेवा डुंगा व्यवसायी संगठन को आयोजना तथा नेपाल पर्यटन बोर्ड (गण्डकी) को प्रवर्द्धनमा सम्पन्न प्रतियोगिताले ताल किनारलाई उत्साह र रोमाञ्चले भरिपूर्ण बनाएको थियो। पुरुषतर्फ हर्पण मत्स्य सहकारी संस्थाका कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित टोलीले उत्कृष्ट समन्वय प्रदर्शन गर्दै प्रथम स्थान हात पारे। सोही संस्थाकै टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित अर्को टोली… पुरा पढौ

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

सोमवार, जेठ १८ २०८३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपाली सँगसमेत संवाद गर्ने रास्वपाले जनाएको छ । रविसँगै श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य पनि जाने छन् । पुरा पढौ

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा संसद्‌मा विपक्षीको नाराबाजी

सोमवार, जेठ १८ २०८३ काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मै उभिएर ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिका विरुद्ध विपक्षी दलहरूले सदनमा नाराबाजी गरेका हुन् । निर्धारित समयभन्दा ढिला गरी सुरु भएको बैठकमा सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरूले विरोध जनाएका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट गुरुङ सम्मानीत हुदै ।

१८ जेठ २०८३, पोखरा ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत गुरुङलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। पुरस्कारअन्तर्गत रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। आगामी जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहका अवसरमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित यो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना पत्रकारलाई… पुरा पढौ

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट: सर्वसाधारणमा प्रभाव र क्षेत्रगत समिक्षा

जेठ १८ २०८३,पोखरा नेपाल सरकारद्वारा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यो बजेटमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनतर्फ उल्लेख्य विनियोजन गरिएको छ। यो बजेटले देशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिएको देखिन्छ। बजेट संरचना कूल बजेटमध्ये: चालु खर्च: रु. १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८%) पुँजीगत खर्च: रु. ४ खर्ब ३१ अर्ब १०… पुरा पढौ