समाचार

पोखराका तीन पत्रकार पुरस्कृत, सहारा क्लब सम्मानित

२०८२ चैत १७, पोखरा नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा कास्कीका तीन जना पत्रकार पुरस्कृत भएका छन् भने सहारा क्लब पोखरा सम्मानित भएको छ। सोमबार पोखरामा आयोजित पत्रकारिता सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान राजनीतिक सन्दर्भमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण बनेको बताएका छन्। उनले कानून बाधक बनेमा संशोधन गर्न सकिने भए पनि कसैले पनि कानून हातमा लिन नहुने स्पष्ट पारे। मुख्यमन्त्री पाण्डेले सत्ता पक्ष बलियो र प्रतिपक्ष कमजोर रहेको वर्तमान अवस्थाले पत्रकारितामाथि थप जिम्मेवारी… पुरा पढौ

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन खारेज

२०८२ चैत १५, काठमाडौं राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा क्रियाशील कर्मचारी युनियन खारेज गरिएको छ। सरकारले अघि सारेको शासकीय सुधार तथा मितव्ययिताको योजना कार्यान्वयन गर्ने क्रममा युनियन विघटन गरिएको हो। सार्वजनिक निकायको संरचना चुस्त बनाउने, अनावश्यक खर्च कटौती गर्ने तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त निर्णय लिइएको जनाइएको छ। मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ अन्तर्गत प्रशासनिक पुनर्संरचना र मितव्ययिता कायम गर्ने नीति अवलम्बन गरिएको छ। सोही कार्यसूचीको बुँदा नम्बर १२… पुरा पढौ

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८२ चैत १५, काठमाडौं। जिल्ला अदालत काठमाडौंले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार उक्त म्याद थपको आदेश दिएको हो। अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अनुसन्धानका लागि आवश्यक देखिएकाले पाँच दिनको म्याद थप गरिएको हो। अदालतको आदेशमा प्रतिवादीहरूको बयान लिनु, सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्नु, घटनासम्बन्धी कागजात संकलन गर्नु तथा २०८२ भदौ २३ र २४ गतेको घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन… पुरा पढौ

कास्कीका गनेस पौडेलले पाए पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी

१३ चैत्र २०८२ पोखरा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कास्कीमा गनेस (खडगराज) पौडेललाई दिइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएकोे मन्त्रि परिषधमा पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका हुन ्। पौडेल कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, पर्यटनको राजधानी घोषणा गरिएको कास्कीको पोखरा पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ । बालेनले आज नै गठन गरेकोे मन्त्रिपरिषदमा कास्कीबाट पौडेल मन्त्री बने । मन्त्रीमण्डलमा कोको छन ः १. बालेन शाह — प्रधानमन्त्री २.… पुरा पढौ

बालेन्द्र नेतृत्वको मन्त्रिमण्डलका १५ मन्त्रीहरुले लिए शपथ

काठमाडौँ, प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै १५ जना नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिएका हुन । प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल… पुरा पढौ

कोलम्बियामा १ सय २० जना बोकेको सैन्य बिमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

तस्बिर एजेन्सी
काठमाडौं, कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । सन् २०२६ मार्च २३ सोमबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी… पुरा पढौ

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

मंगलवार, चैत्र १० २०८२,काठमाडौँ, गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो ।… पुरा पढौ

सभापति थापाको राजीनामा अस्वीकृत, महाधिवेशनमा केन्द्रित हुने कांग्रेसको निर्णय कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

९ चैत, काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले पेश गरेको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गर्नुभएको राजीनामा अस्वीकृत गरिएको उल्लेख गरिएको छ। विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित थापाको नेतृत्वमा कांग्रेसले उक्त निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा व्यहोरेको थियो। प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ कम मत प्राप्त… पुरा पढौ

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

आइतवार, चैत्र ८ काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा रंगभेद उन्मूलनका लागि नेपाल प्रहरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै विभेदजन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । राष्ट्रिय दलित आयोग तथा विभिन्न दलित अधिकारकर्मी संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महानिरीक्षक कार्कीले समाजमा विद्यमान विभेद अन्त्य गर्न कानुनी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिए। उनले जातीय विभेद जस्तो सामाजिक विकृतिको अन्त्यबिना समतामूलक समाजको परिकल्पना अधुरो रहने उल्लेख गर्दै प्रहरी संगठनले यस्ता घटनामा शून्य सहनशीलताको… पुरा पढौ

पोखरामा 18D सिनेमा सञ्चालन

चैत ६ गते पोखरा, साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि ज्ञडम् सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो । महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताउनुभयो । ‘‘पोखरा आफैमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरु सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसावले पनि… पुरा पढौ