समाचार

सहिद दिवसको अवसरमा गण्डकी प्रदेश सरकार द्धारा आयोजीत कार्यक्रमका झलक ।

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत मन्त्रि तथा अन्य उच्च पदस्थ ब्यक्तित्वहरु द्धारा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दैै पुरा पढौ

लम्बियो टाइगर कपः भोलि महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

१६ माघ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने… पुरा पढौ

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने उर्जा प्राप्त हुन्छ ः प्रधानमन्त्री ओली

माघ १६ गते काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने उर्जा प्राप्त हुने बताएका छन् ।राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा आज नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरुले देशका लागि दिएको योगदान महत्वपूर्ण भएको बताएका हुन् ।प्रधानमन्त्री ओलीले सहिदहरुकै बलिदान र प्रेरणाबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता… पुरा पढौ

समृद्ध राष्ट्र निर्माणका लागि शहीदको साहस सबैका लागि प्रेरणा ः उपराष्ट्रपति

माघ १६ गते काठमाडौँउपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि शहीदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन्।शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु÷वीरवीरङ्गनाहरुले जन्म लिएका र उनीहरुले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति… पुरा पढौ

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा, १६ माघ पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ । सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले निरङ्कुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना पूरा गर्न दिगो… पुरा पढौ

एमालेको संसदीय दलको बैठक – देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर छः प्रधानमन्त्री ओली

माघ १५ गते काठमाडौँप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन् ।यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै केही गरौँ भन्ने युवालाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे ।उनले जारी अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको जानकारी दिँदै अब… पुरा पढौ

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

माघ १५ गते लुम्बिनीनेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो । बुटवलमा सम्पन्न कार्यशालाले उक्त निष्कर्ष निकालेको आज जारी विज्ञप्तिमा भनिएको छ । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनका… पुरा पढौ

सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड

फाईल तस्बिर
माघ १५ गते काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबैको आफ्नै संस्कृति रहेको उनले उल्लेख गरे ।राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न… पुरा पढौ

टाइगर कप भलिबलः पुलिस आर्मीसँग पराजित

माघ १५ पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस कलबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो ।पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र… पुरा पढौ

विद्यालयमा फुड फेस्टिभल ।

माघ १५ पोखरापोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना ग¥यो ।विद्यालयले कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित फुड फेस्टिभल आयोजना गरेको जनाएको छ ।फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अग्र्यानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने अतिथि, विद्यालयका अभिभावक लगायतले निकै चासा ेपूर्वक अवलोकन गर्दै खानाका स्वादमा रमाएका थिए । कार्यक्रममा करिब एक हजार पाँच सयको सहभागिता रहेको विद्यालयले जनाएको छ ।सो अवसरमा कमेडी… पुरा पढौ