विद्यालयमा फुड फेस्टिभल ।

-


     केन्द्रीय आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित


माघ १५ पोखरा
पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना ग¥यो ।
विद्यालयले कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित फुड फेस्टिभल आयोजना गरेको जनाएको छ ।
फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अग्र्यानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने अतिथि, विद्यालयका अभिभावक लगायतले निकै चासा ेपूर्वक अवलोकन गर्दै खानाका स्वादमा रमाएका थिए । कार्यक्रममा करिब एक हजार पाँच सयको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
सो अवसरमा कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, निश्चल अर्याल, सन्देश देवकोटा, प्रतीक अधिकारी लगायतको कमेडी प्रस्तुति रहेको थियो ।
साथै साँझको लाइभ ब्याण्डमा युवायुवती झुमेका थिए । रिभाइवल व्याण्ड, जोजीजू म्यूजिक र विद्यालयका दीपेश पहारीले लाइभव्याण्ड प्रस्तुति राखेका थिए ।
कार्यक्रमको उद्घाटन गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले गरेका थिए । उद्घाटन पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै उनले पोखराको शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको पोखरा युनाइटेड एकेडेमीले विद्यार्थीका लागि फुड फेस्टिभल आयोजना गरेर निकै उत्कृष्ट काम गरेको बताए । उनले यो कार्यक्रमले विद्यार्थीको सिकाइमा केही न केही परिवर्तन अवश्य ल्याउने विश्वास व्यक्त गरे ।
प्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले निकै ध्यान दिनुपर्नेमा जोड दिए । उनले सरकार शिक्षा ऐन ल्याउने तयारीमा रहेकाले देश सुहाउंदोे गुणस्तरीय शिक्षाका लागि सबैले सुझाव दिनुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले कार्यक्रम निकै उत्कृष्ट रहेको र यसले विद्यालयको गरिमालाई थप माथि पु¥याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकालेसोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।
प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए । उनले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीलाई पोखराका नाम चलेका चार तारे होटलमा तालिमको व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले स्वागत सहित विद्यालयको गतिविधि बारे प्र्रकाश पारेका थिए भने सञ्चालन शिक्षक फणीन्द्रराज पौडेल र शिक्षिका गीतादेवी शर्मा गरेका थिए ।
२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।