रास्वपा महाधिबेशनः केन्द्रीय सदस्यको लागि मतदान सम्पन्न,

-


     केन्द्रीय आवाज    
     असार ११ गते २०८३ मा प्रकाशित


चितवन, ११ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २ हजार ९ सय ५९ मत खसेको छ । पार्टीको निर्वाचन आयोगले दिएको जानकारी अनुसार केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा त्यति मत खसेको हो । महाधिबेशनमा प्रवासका प्रतिनिधिहरुले एप मार्फत मतदान गर्न भने बाँकी रहेको बुझिएको छ । त्यसपछि मात्र मतपरिणाम घोषणा हुने समितिले जनाएको छ।

निर्वाचनमा ३७९ जना केन्द्रीय सदस्यको उम्मेदवार रहेका छन् । जसमध्येबाट ९९ जना निर्वाचित हुनेछन् । यहि असार ७ देखि चितवनमा जारी रास्वपाको प्रथम महाधिबेशन तिनदिनमा सकिने भनिएको भएपनि आज पाँचौ दिनपनि जारी छ । महाधिबेशनमा ४ हजार भन्दा बढी प्रतिनिधि रहेको सार्बजनिक भएको थियो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ । सभापति सहित ९९ सय जना केन्द्रीय सदस्यको निर्वाचन सकिए पनि २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीका लागि नवनिर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा मतदान गरेर छान्न बाँकी नै छ । केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मतदाताहरू समेत तितर बितर भएको अवस्थामा सहमतिबाट पदाधिकारी छान्ने प्रयासमा नेताहरू लागेको बताइएको छ ।

रास्वपाका शीर्ष नेताहरू सकभर सहमतिमै पदाधिकारी छनोट गर्ने प्रयासमा लागेको बताइएको छ । नेता शिशिर खनाल र विपिन आचार्यले सहमतिको प्रयास भइरहेको बताएका छन । यद्यपि, सहमति नभए आजै अपराह्न चार बजे पदाधिकारीका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए । तीन दिनमा सक्नेगरी सुरु भएको रास्वपाको महाधिवेशन आज पाँचौ दिन चलिरहेको छ।