समाचार

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ ः सञ्चारमन्त्री गुरुङ

फाईल तस्बीर
२४ माघ काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र ‘आइटिपार्क’ स्थापना गर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फेर्मवर्क बनाउने लक्ष्य साकार पार्न सूचनाप्रविधिका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने,“काठमाडौँमा यस वर्षभित्रै आइटिपार्क निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । ”कम्प्युटर एशोसिएशन महासङ्घ नेपाल (क्यान महासङ्घ) द्वारा आज आयोजित ३०औँ क्यान इन्फोटेक–२०२५ को शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल फेमवर्क बनाउन प्रशस्त सूचनाप्रविधिका पूर्वाधार तयार पार्नुपर्ने बताए । सूचना प्रविधिको युगमा आइपुग्दासमेत… पुरा पढौ

प्रेस चौतारी कस्कीको अध्यक्षमा अधिकारी सर्वसम्मत ।

२३ माघ पोखरा प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्वत निर्वाचित भए । प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।त्यसै गरी उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल त्यस्तै अन्य सदस्यहरुमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सर्वसम्वत चयन भए । त्यसै गरी… पुरा पढौ

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

२२ माघ पोखरा,गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताए । आज गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राखे ।े नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामू जिम्मेवार भई काम गर्नुपर्ने उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले, ‘नागरिकसामू जिम्मेवार भई उहाँहरुका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश… पुरा पढौ

प्रेसचौतारी नेपालको स्थापना दिवसको अवसरमा कास्कीका दुई पत्रकार सम्मानीत ।

पोखरा, २२ माघ । प्रेस चौतारी नेपाल, कास्की शाखा द्धारा सञ्चालित प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ बाट सगरमाथा टेलिभिजनका सम्पादक अग्रज पत्रकार गणेशमान गुरूङलाई सम्मानित गरियो । त्यसै गरि प्रेस चौतारी पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले सम्मान एवं पुरस्कार अर्पण गरेकोे हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सम्मानित व्यक्तित्वलाई दोसल्ला ,नगद… पुरा पढौ

२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल खेल आज देखि सुरु ।सहारा क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब
माघ २२ पोखरामोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको खेल आज देखि पोखरा रंगशालामा सुरु भएको छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ संचालन गरिएको यस प्रतियोगितामा तिन विदेशी टिमहरु Thunderbolt North Unaited Club,Black Bull FC उज्बेकिस्तान ,ब्रिगेड ब्वाईज क्लब यूके, साथै आठ ए डिभिजनका क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लव , थ्री स्टार फुटबल क्लव , मछिन्द्र फुटबल क्लब, एनआरटी… पुरा पढौ

बहुमत प्राप्त पार्टी बनाउन हामीबीच एकता हुनु जरुरी ः सभापति देउवा

माघ २१ पोखरापूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए ।साथै देउवाले अहिले हामीले समावेशी एवं… पुरा पढौ

गण्डकी प्रदेशमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन

माघ २१ पोखरागण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ ।पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना गरिएको यस केन्द्रको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।समुद्घाटन समारोहमा मन्तव्य राख्दै मन्त्री थापाले कर्मचारीका शिशुहरूलाई सुरक्षित, स्नेहपूर्ण तथा सहज वातावरणमा हुर्कने अवसर प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । उनका अनुसार कार्यालय समयमा बाबुआमा आफ्नो कार्यमा केन्द्रित रहँदा उनीहरूका सन्तानले उचित… पुरा पढौ

मंगलवार गण्डकी प्रदेशमा सार्वजनिक विदा

माघ २१ पोखरागण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा मंगलवार विदा हुने जनाएका छन् । यसअघि गण्डकी प्रदेशको स्थापना दिवस र प्रदेश सरकारको स्थापना दिवस अलग–अलग मिति र कार्यक्रम अनुसार मनाइँदै आएको थियो । तर यसपालि… पुरा पढौ

गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षण जरुरीः प्रदेश प्रमुख भट्ट

पोखरा, २१ माघगण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गुरुकुल संस्कार सिकाउने कर्मस्थल भएकाले संरक्षणको जरुरी रहेको बताएका छन । श्री केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखराको आठौं वार्षिकोत्सवमा प्रमुख अतिथि भट्टले मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत नै गुरुकुल भएकाले यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व भएको उल्लेख गरे ।गुरुकुल संस्कार सिकाउने कर्मस्थल र आशाका केन्द्र रहेको बताउदै पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएको बताए । साथै प्रदेश प्रमुख भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण… पुरा पढौ

आहा ! रारा पोखरा गोल्ड कप फुटबल खेल माघ २२ गते देखि सुरु ।

माघ २० पोखरासहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करणको खेल माघ २२ गते देखि संचालन हुदैछ ।“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ यस प्रतियोगितामा तिन विदेशी टिमहरु,आठ ए डिभिजनका क्लबहरु, र आयोजक सहारा क्लब पोखराको टिम गरि १२ टिमको सहभागी हुने जनाईएको छ । “आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ… पुरा पढौ