
२३ माघ पोखरा
प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी सर्वसम्वत निर्वाचित भए ।
प्रेस चौतारी नेपाल कास्की शाखाको २७ औं स्थापना दिवस तथा नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
त्यसै गरी उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दिपक अधिकारी,सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दिप खनाल त्यस्तै अन्य सदस्यहरुमा सुरेश रानाभाट, संजय थापा, रचित पौडेल,आषिस पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने सर्वसम्वत चयन भए ।
त्यसै गरी प्रदेश प्रतिनिधिहरु राजु गिरी, बालकुमारी पौडेल ‘तारा’,अर्जुन गाह शुसान्त, रेजिना कटुवाल, शिषिर पौडेल सर्वसम्वत निर्वाचित भए । केन्द्रिय प्रतिनिधिमा दिपेन्द्र श्रेष्ठ ,हरि बास्तोला, ओम हमाल ,पुन्य पौडेल ,प्रकाश अधिकारी बिद्रोही ,शान्ती गुरुङ सर्वसम्वत चयन भए ।




