समाचार

पोखराको पल टासी छयोलिड. गुम्बामा २४ बर्ष देखि निरन्तर कड.ग्यूर पाठ ।

१ पौष २०८१तमु जातीको महान पर्व ल्होछार पर्वको अवसर पारेर पोखराको पल टासी छयोलिड. गुम्बामा कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजा आयोजना गरियो ।पौष महिनाको पहिलो दिन अर्थात गिद्ध बर्गको बिदाई साथै सर्प बर्गको स्वागतार्थ कड.ग्यूर पाठ तथा तोनागघोसुम पुजाको आयोजना बिगत २४ बर्ष देखि निरन्तर रुपमा पल टासी छयोलिड. गुम्बामा गरिदै आएको आयोजकले जनाएका छन ।कार्यक्रम माननीय पुर्व राज्य मन्त्रि तुल बहादुर गुरुड.को प्रमुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रमको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै उनले सवै पक्षबाट विश्व शान्तिको… पुरा पढौ

राष्ट्रिय एकता हाम्रो मूल मन्त्रः प्रधानमन्त्री

मङ्सिर २९ गते काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायको जीवनस्तर माथि उकास्न संविधानले सुनिश्चित गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र सबै महिलाको अधिकार… पुरा पढौ

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल विजयी

मंसिर २९ पोखरानेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल विजयी भएका छन् ।उनले ४०१ मत प्राप्त गरि बिजयी बनेका हुन । उनका प्रतिस्पर्धी महासंघ गण्डकीका निवर्तमान महासचिव गोविन्द प्रसाद सुवेदीले १७८ मत प्राप्त गरे । पौडेल नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष हुन ।त्यसै गरि उपाध्यक्ष पदमा ४०२ मत प्रकाश पौडेल विजयी भए । उनका प्रतिस्पर्धी एवं महासंघ गण्डकीका निवर्तमान सचिव यदुनाथ बन्जराले १६४ मत प्राप्त गरे ।यता, महिला उपाध्यक्षमा मायाकुमारी अधिकारी ४०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कमला… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा बराल विजयी

मंसिर २९ पोखरानेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल विजयी भएका छन् । शुक्रबार भएको मतदान शनिवार बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी राजेन्द्र अधिकारीलाई ९ मतको अन्तरले पराजित गर्दै बराल बिजयी भएका हुन् ।नेपाल पत्रकार महासंघ कास्कीका कुल २ सय २० मतदाता रहेकोमा २०५ मत खसेको कास्कीमा विजयी बरालले १०५, अधिकारीले ९६ मत प्राप्त गरेका थिए । बराल प्रेस चौतारी नेपाल कास्कीका पूर्वअध्यक्ष एवं महासंघ कास्कीका निवर्तमान सचिव समेत हुन् । अधिकारी महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । यसैगरी उपाध्यक्षमा ९०… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा बराल र अधिकारी बिच प्रतिस्प्रर्धा हुदै ।

मंसिर २६ पोखरा नेपाल पत्रकार महासंघ कास्कीको नयाँ नेतृत्वका लागि प्रेस चौतारी कास्की र प्रेस युनियन कास्कीबाट साझा उम्मेदवारका रुपमा माधव बरालको नेतृत्व र प्रेस सेन्टर र समाजवादी पत्रकार संगठनका तर्फबाट राजेन्द्र अधिकारीको नेतृत्वमा प्यानल नै चुनावमा होमिएको छ । अन्य सबै पदहरुमा दुई प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष अग्रज पत्रकार पुण्य पौडेलको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । नेपाल पत्रकार महासंघ, कास्कीको कार्यसमिति सदस्य पदमा पुनम थापा मगर निर्विरोध चयन भएकी छन् ।उक्त… पुरा पढौ

पत्रकार महासंघ गण्डकीमा पौडेल र सुवेदी भिड्दै ।

मंसिर २५ पोखरानेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आगामी नेतृत्वका लागि रमेश पौडेल र गोविन्द सुवेदीले मनोनयन दर्ता गराएका छन् ।महासंघको शुक्रबार हुने मतदानमा केन्द्रमा प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बमोजिम गण्डकी प्रदेश समितिमा पनि त्यस्तै खालको समीकरण बनेको छ । प्रेस स्वतन्त्रता सेनानी पौडेल गठबन्धनमा साझा उम्मेदवार हुन् भने प्रेस सेन्टर सहित विभिन्न संगठनबाट सुवेदीको मनोनयन दर्ता भएको हो । सुवेदी यसअघि प्रदेशका महासचिव थिए । यसै गरि उपाध्यक्षमा घनश्याम पाण्डे, प्रकाश पौडेल, यदुनाथ बञ्जारा, महिला उपाध्यक्षमा कमला… पुरा पढौ

आर्दश कपमा सेमिफाईनल समिकरण पुरा

२५ मंसिर ,पोखरालेखनाथको भण्डारढिकमा जारी २५औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो ।मंगलवार भएको खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशलाई २–१ गोलले पाखा लगाउँदै गोरखा जिल्ला फुटवल संघले सेमिफाईनलमा स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको ५५ औ मिनेटमा पहिलो गोल गर्दै एन्फा गोर्रखाका रिचार्ड अपेकाले टोलिलाई अग्रता दिलाएका थिए ।खेलको दोश्रो हाफपछिको समयमा ७१ औ मिनेटमा नेपाल… पुरा पढौ

पोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

मंसिर २५पोखरापोखरामा ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । मानव अधिकार महाभेला गण्डकी प्रदेश पोखरा, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरा सम्मिलित मूल समारोह समितिले प्रभातफेरी आयोजना गरेको थियोे ।मंगलवार बिहान पोखराको चिप्लेढुंगा स्थित मानव अधिकारचोकबाट शुरु भएको प्रभातफेरी ¥याली पोखरा सभागृहमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरि समापन भएको थियो । प प्रभातफेरीमा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको समेत सहभागीता रहेको थियो ।मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको… पुरा पढौ

पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी महोत्सव हुने ।

मंसिर २५ गते पोखरापोखराको पृथ्वीनारायण क्याम्पस अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा यहि मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेनल मार्फत् जानकारी दिइएको हो । अनेरास्ववियु कास्कीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको जनाए । पृथ्वीनारायण क्याम्पस प्राड.गणमा २ दिन चल्ने महोत्सवमा विविध सांगीतिक कार्यक्रम सहित शैक्षिककार्यक्रम समावेश गरिने अध्यक्ष पोख्रेलले जनाए… पुरा पढौ

वर्तमान संविधान जोगाउने दायित्व कानुन व्यवसायी हो ः मुख्यमन्त्री

२०८१ मंसिर २४,पोखरागण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र सङ्घीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । नेपाल बार एशोसियशनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहे जस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गरे । पोखरा… पुरा पढौ