समाचार

सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि सेवा पाउने तयारीका लागि कार्यदल गठन

पौष ९ ,काठमाडौँ,सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ ।कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र… पुरा पढौ

कैलाश सहकारी संस्थाको अधिवेशन सम्पन्न अध्यक्षमा पुनःअधिकारी निर्बिरोध निर्वाचित ।

पोखरा,७ पुषपोखराका फोटोब्यवसायीहरु द्धारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भयो । सञ्चालक समिति अध्यक्षमा खडानन्द अधिकारी पुनः दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन ।सनिवार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको नेतृत्वमा ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विनोदराज ढकाल, सचिवमा विष्णुहरी अधिकारी, कोषाध्यक्षमा नविन ढुंगाना रहेका छन भने सदस्यहरुमा घनश्याम पौडेल, ज्ञानेन्द्र पौडेल,प्रदिप नापित,पूर्ण कुमारी थापा,कपिल सापकोटा… पुरा पढौ

सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने ः मन्त्री गुरुङ

२०८१ पौष ७ पोखरासञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्नेमा जोड दिए ।नेपाल पत्रकार महासंघ कास्कीमा नव नर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा उनले राजनीतिक अस्तिरताले नीतिगत स्थायित्व नहुने र सरकारका कुनै पनि अंगले राम्रोसँग काम गर्न नसक्ने बताउदै आमसञ्चार विधेयक बन्ने प्रकियामा रहेकाले सरोकारवालासँग छलफल गरेरमात्र विधेयकलाई संसदमा पेश गरिने बताए । साथै नेपाली कांगे्रस कास्कीका सभापति किशोरदत्त बरालले पत्रकारको स्वाभिमान कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउदै लोकतन्त्र बलियो… पुरा पढौ

लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ, ३ पुसलेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २०औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन ।महोत्सवमा रहने तिन सय ३६ वटा स्टल मध्ये दुई सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए ।पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागि समेत स्टल बुकिङ खुल्ला गरिएको थिए ।यस… पुरा पढौ

युएईका राजदूतले निम्तो सहित भेटे प्रधानमन्त्री ओलीलाई

पौष ३ गते काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्लाह अल सम्सीले शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत सम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरे ।त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो । साथै उनीहरूबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र… पुरा पढौ

स्थापना दिवसमा रक्तदान गर्दै कैलाश, १ सय १ यूनिट रगत संकलन ।

पौष ३ पोखरा २०८१पोखराका फोटोग्राफरहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।ब्यबसायीहरुको आर्थिक उननयन साथै व्यवसाय प्रवद्र्धनका लागि स्थापित यस सहकारी संस्थाले संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक बर्ष रक्तदान कार्यक्रको आयोजना गर्दै आएको छ । हरेक बर्ष पौष ३ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु समेत गरिदै गर्दै आएको कुरा संस्थाका सचिव बिष्णुहरी अधिकारीले बताए । पोखराको टुडाकोपाटन स्थित संस्थाको आफ्नै कार्यालय परिसरमा सम्पन्न… पुरा पढौ

रवि लामिछानेमाथि तीन वटा मुद्दा चलाउने तयारी

रवि लामिछाने फाईल तस्बिर
पौष १ पोखरानेपाल प्रहरीले पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तीन वटा अभियोगमा मुद्धा चलाउन तयारी गरेको छ ।कास्की जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्धा चलाउन सिफारिस गरेको हो ।कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार तीन वटै कसूरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।उनले भने, “हामीले कसूर अनुसारको सजाय हुनुपर्छ भनेका छौँ, सहकारी ठगी, सङ्गठित… पुरा पढौ

दिल्लीबाट ५४ दिनको साईकलयात्रा गर्दे पोखरा आईपुगे केरलाका साईकलयात्री मुस्फिर

१ पौष पोखरा नेपालको ग्रामिण यात्रा गर्न रुचाएका भारत केरलाका ३० बर्षिय युवा दिल्लीबाट ५४ दिनको साईकल यात्रा गर्दै सोमबार पोखरा आईपुगेका छन । उनी केरलाबाट दिल्ली सम्म रेलको यात्रा गरी आएका थिए भने दिल्लीबाट उत्तरप्रदेश उत्तरागड हुदै नेपालको बनवासा महेन्द्रनगर दिपायल दैलेख,रुकुमकोट, बाग्लुड. हुदै ८ दिन भारतको यात्रा र ४६ दिनको नेपालको यात्रा पछि आफु पोखरा आईपुगेको मुस्फिरले बताए । मेकेनिकल ईन्जिनियर रहेका मुस्फिर सानो डेलिभरीको काम गर्ने गरेको बताउछन । आफु बढि मात्रामा अफरोडसाईकल यात्रा गर्न रुचाउने भएको… पुरा पढौ

पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

पौष १ गते पोखरानेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय ७० र लालसिंह लामाले ९६ मत पाए ।वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन… पुरा पढौ

एशिया कप ः पहिलो पटक पाकिस्तानसँग भिड्दै नेपाल

पौष १ पोखराएसीसी १९ वर्ष मुनिको महिला एशिया कपमा आज नेपाली महिला टोलीले पहिलो पटक एशिया कप खेल्दैछ ।आज नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ११ः४५ बजे हुनेछ ।हिजोको भएको खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । एशिया कप खेल्न नेपाली टोली गएको शुक्रबार मलेसिया प्रस्थान गरेको थियो ।महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गरिरहेकी छन् ।एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्… पुरा पढौ