समाचार

कास्की प्रहरी प्रमुख थापाको सरुवा

आश्विन ८ पोखरा प्रहरी प्रधान कार्यालयले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एससी) मोहनकुमार थापासहित ४१ जना एसपीको सरुवा गरेको छ । सरुवा सूची अनुसार कास्की प्रहरी प्रमुख थापाको प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन इकाइमा सरुवा गरिएको छ । थापाले करिब १३ महिना कास्की प्रहरीको कमाण्ड सम्हालेका थिए । उनी २०८० भदौमा सरुवा भएर कास्कीमा आएका थिए । थापाको स्थानमा एसपी श्यामबाबु ओलियालाई पठाइएको छ । ओलिया सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । यसैगरी तनहुँ… पुरा पढौ

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

असोज ४ पोखरा “उपल्लो मुस्ताङ पर्यटकका लागि ‘भर्जिन एरिया’ मानिन्छ । यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन भएसँगै करोडौँ लगानीमा सुविधायुक्त होटल सञ्चालन भए तर “अर्धनिषेधित क्षेत्र कायम राखि भएपछि झञ्झटिलो प्रक्रिया पूरा गरी महँगो शूल्क तिर्नुपर्ने भएपछि पर्यटक चाहेर पनि उपल्लो मुस्ताङ आउन नसक्दा व्यवसायी पलायन हुनुपर्ने बाध्यता आएको ब्यवसायीहरु बताउछन ।कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्त्वका दरबार, गुम्बा, छोर्तेन, कोरलानाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौँ, २ असोजराष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरुले सो ध्यानाकर्षण गराउँदै छुट्टै कानुनले गौरवका आयोजना समयमै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।आजको बैठकमा महाकाली सिँचाइ, रानी जमरा कुलरिया सिँचाइ, भेरी बबई डाइभर्सन र सिक्टा सिँचाइलगायत अन्य राष्ट्रिय गौरवका आयोजनामा पछिल्लो समयमा देखिएका समस्या माथि छलफल भएको थियो । बैठकमा समितिका सदस्य कृष्णबहादुर रोकायले सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने तर… पुरा पढौ

आजबाट सोह्र श्राद्ध शुरु

आश्विन २ पोखरा प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका… पुरा पढौ

नयाँ प्रविधिको मनकामना केबलकार आजदेखि सुचारु

आश्विन १,पोखरानयाँ प्रविधि जडान भएपछि मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न हो । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए ।गोरखाको सहिद लखन… पुरा पढौ

समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री

असोज १ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएकाछन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनःजागृत गर्नुपर्नेमा जोड दिएका छन् । “पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आपूmमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समयक्रममा हामीले… पुरा पढौ

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपति पौडेलको जोड

असोज १ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताए । नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता… पुरा पढौ

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

भदौ ३० काठमाडौँऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकोले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए ।उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा… पुरा पढौ

प्रहरीका दुवै सङ्गठनलाई ऊर्जाशिल र थप व्यावसायिक बनाउन प्रयत्नशिल छौंः गृहमन्त्री लेखक

भदौ ३० काठमाडौ गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन् ।आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि।स। १६ ९क० सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताए ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र… पुरा पढौ

पोखरा फोटोग्राफर संघको अध्यक्षमा तामाड.पोखरा फोटोग्राफी अवार्ड बितरण ।

भाद्र ३०, पोखरा, पोखराको पुरानो ब्यवसायीक संस्था पोखरा फोटोग्राफर संघको ४३ औ साधारण सभा तथा अधिवेशन सम्पन्न भयो । उक्त अबिधेसनबाट भक्त तामाड. अध्यक्षमा सर्वसम्मत निर्वाचित भए । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित पोखरा फोटोग्राफीे अवार्ड को पुरस्कार बितरण गरियो । पोखरा फोटोग्राफीे अवार्ड अन्र्तगतको लाईफटाईम फोटोग्राफी अवार्ड बाग्लुड.का फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरियो ।गण्डकी प्रदेशका प्रदेश प्रमुख माननिय डिल्लीराज भट्टले सम्मानित ब्यक्ति मुकुन्द शाक्यलाई दोसल्ला सम्मानपत्र र नगद प्रदान गरि सम्मान गर्नुभएको थियो ।सम्मानित ब्यक्तिलाई सम्मान पश्चात शुभकामना… पुरा पढौ