पोखरा फोटोग्राफर संघको अध्यक्षमा तामाड.पोखरा फोटोग्राफी अवार्ड बितरण ।

-


     केन्द्रीय आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित


भाद्र ३०, पोखरा,

पोखराको पुरानो ब्यवसायीक संस्था पोखरा फोटोग्राफर संघको ४३ औ साधारण सभा तथा अधिवेशन सम्पन्न भयो । उक्त अबिधेसनबाट भक्त तामाड. अध्यक्षमा सर्वसम्मत निर्वाचित भए ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित पोखरा फोटोग्राफीे अवार्ड को पुरस्कार बितरण गरियो । पोखरा फोटोग्राफीे अवार्ड अन्र्तगतको लाईफटाईम फोटोग्राफी अवार्ड बाग्लुड.का फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरियो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख माननिय डिल्लीराज भट्टले सम्मानित ब्यक्ति मुकुन्द शाक्यलाई दोसल्ला सम्मानपत्र र नगद प्रदान गरि सम्मान गर्नुभएको थियो ।
सम्मानित ब्यक्तिलाई सम्मान पश्चात शुभकामना मन्तब्य राख्दै प्रदेश प्रमुख माननिय डिल्लीराज भट्टले ले सामाजिक संस्था भएर पनि फोटोग्राफी कला र पत्रकारीता संग जोडिएको क्षेत्र भएको यस संस्थाले यस किसिमका अवार्डले ब्यत्तित्व पहिचान गरि सम्मान गरिनु आफैमा उत्कृट कार्य रहेको बताउनु भयो ।
कार्यक्रममा बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा सर्वोत्कृष्ठ हुने फोटोग्राफरहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
गत गत श्रावण २ गते देखि शुभारम्भ भएको प्रतियोगितामा ७ बिधामा कुल ५७३ फोटोहरु प्रतिस्प्रर्धामा सहभागी भएका थिए । एक बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पर्धामा थिए ।
अशोक लाईफ टाईम फोटोग्राफी अर्वाडबाट यसअघि पोखराका बरिष्ठ फोटोग्राफर सम्भु रत्न शाक्य,बिश्वरत्न शाक्य,जयन्द्र कुमार राजभण्डारी सम्मानित भैसकेका छन ।


साथै संस्थाको ४३ औ साधारण सभा तथा अधिबेनबाट भक्त तामाड.को नेतृत्वमा बर्ष {२०८१÷०८३} का लागि नया कार्यसमिति कार्यसमिति सर्वसम्मत चयन भयो । कुल ११ सदस्यीय कार्यसमित रहने प्रावधान रहेता पनि आठ सदस्यीय कार्यसमिती चयन भएको छ जस अनुसार उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मीपती पौडेल,कोषाध्यक्षमा अग्निधर तिमिल्सीना, र सदस्यहरुमा रिता पौडेल,प्रकास पौडेल ,राजु तिमिल्सीना र बिनय श्रेष्ठ सर्वसमम्त चयन भए । बाकी तिन सदस्य पदका लागि भेग मिलाएर तुरुन्त नै चयन गरिने कुरा नवनिर्वाचित अध्यक्ष भक्त तामाड.ले जानाकारी दिए ।
निर्वाचन प्रकृया सम्पन्न गर्नका लागि संस्थाका निबर्तमान अध्यक्ष जनकराज तिवारीको संयोकत्वमा तिन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो जस्को सदस्यमा संघका पुर्व अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी र पुर्व अध्यक्ष तथा केन्दिय सदस्य रविनाथ दाहाल रहेका थिए ।
प्रजातान्त्रीक प्रकृया अनुसार उमेद्धवारी आब्हान गरिएकोमा कुनै पनि पदमा दुईवटा उमेद्धवारी नपरे पछि परेका उमेदवारलाई सर्वसम्मत भएको घोषणा गरिएको निर्वाचन समितीका संयोजक जनकराज तिवारीले बताए ।
कार्यक्रममा संस्थाले प्रकाशन गर्दै आएको फोकस बुलेटिन समेत बिमोचन गरिएको थियो साथै संस्थाका सदस्यका १२ कक्षा उत्रीण छो।ाछोरीहरु लाई सामेत सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालभरका फोटोग्राफरहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका बिशेष अतिथि नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले पोखरा फोटोग्राफर संघको प्रदेश र महासंघ स्थापनामा अहं भुमिका रहेको र महासंघको पदाधिकारीहरुमा समेत पोखरा फोटोग्राफर संघका पुर्व अध्यक्षहरुले पोखरा फोटो ग्राफर संघको गौरवलाई उच्च राखेको बताए । त्यसै गरि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरा फोटोग्राफर संघ अग्रणी संस्था रहेको बताउदै नेपालभरका फोटोग्राफरहरुले पोखराको सिको गरिरहेको बताए ।
कार्यक्रममा चितवन, कपिलबस्तु, कैलाली, बाग्लुड.,स्याडजा, पर्वत जिल्ला संघहरुका फोटोग्राफर अध्यक्ष तथा प्रतिनिधीहरु ले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र पोख्ेलको सभापतित्वमा आयोजित कार्यक्रम संस्थाका सचिव देवानन्द पोखरेल ले संचालन गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष भक्त तामाड.ले स्वागत मन्तब्य राखेका थिए ।