समाचार

नौ वर्षपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

आश्विन २९ पोखराशाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर अपरान्ह पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण भएको हो ।दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्षी इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण… पुरा पढौ

अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

आश्विन २७ तनहुँतनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।“बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बरामीलाई… पुरा पढौ

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

आश्विन २७ पोखरा धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उनले भने, “मौसमको खराबी… पुरा पढौ

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन

असोज २० पाटन (ललितपुर),गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन र्दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् । “विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ, ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने दुई लाख राहत ३९ जनाले पाउनुभएको छ”, उनले भने, “बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय

असोज २० पोखरानेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए । भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार… पुरा पढौ

बाढी वितण्डाः देशभरमा ७६ जनाको मृत्यु, ७२ जना बेपत्ता

आश्विन १२ पोखराअविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना बेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर एक सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब चार हजार जनशक्ति परिचालित भई एक हजार चार सय ५७ जनाको सकुशल उद्धार गरिएको उनले बताए… पुरा पढौ

काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

असोज १२ गतेगएको बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँचजनाको मृत्यु भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार, विपद्का घटनामा परी १७ जना बेपत्ता छन् । १७ जना घाइते भएका छन् ।बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् । भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।काठमाडौंमा एक हजार… पुरा पढौ

नव निर्वाचित पोखरा फोटोग्राफर संघका कार्यसमितिलाई स्वागत तथा सम्मान ।

११ असोज, पोखरापोखराका फोटो ब्यवसायीहरु द्धारा संचालित कैलास बचत तथा ऋण सहकारी संस्थाले पोखरा फोटोग्राफर संघका नव निर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।पोखरा फोटोग्राफर संघको ४३ औ साधारण सभा तथा अधिबेशनवाट निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सहित महिला उपसमिति संयोजकलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले बधाई तथा शुभकामना अपर्ण गर्दै मायाको चिनो र सम्मान पत्रले सम्मान गरेका थिए । साथै साहारा खेलकुद पत्रकारीता पुरस्कार… पुरा पढौ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

असोज ८ न्युयोर्क ,प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे । ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल भइरहेको छ ः मन्त्री पाण्डे

आश्विन ८ पोखरासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल भइरहेको बताएका छन् । यसका लागि आफूले भारत र चीन सरकारका अधिकारीसँग कुरा गरेको र नेपाल सरकारको विभिन्न तहबाट पनि यो बिषयलाई उच्च प्राथमिकतामा राखेर पहल भइरहेको मन्त्री पाण्डेले स्पष्ट पारे । नेपाली कांग्रेस गण्डकी प्रदेश र्कासमितिले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेपालमा विमानस्थलको संख्या धेरै तर विमान कम भएको भन्दै ती विमान उड्ने नेपाली आकाशसमेत सुरक्षित नभएको सन्देश प्रवाह हुँदा पर्यटकको आगमन बढ्न… पुरा पढौ