समाचार

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता

श्रावण २८ ,दकाठमाडौँउपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबीचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको थियो । भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार नै शिष्टाचार भेटवार्ता गरेका छन् । पुरा पढौ

गीताञ्जली साहित्य परिवारले श्रष्टा सम्मान गर्दै –गीताञ्जली साहित्यरत्न पुरस्कार कल्याण पन्त र रुना साहित्य पुरस्कार असफल गौतमलाई प्रदान गरिने ।

श्रावण २८ पोखरागीताञ्जली साहित्य परिवार पोखराले हरेक बर्ष झै यस बर्ष पनि तिन बिधाका साहित्यीक श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।गीताञ्जली साहित्य रत्न पुरस्कार , रुक्मिणा नाराणदत्त( रुना ) साहित्य पुरस्कार र तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार गरि तिन बिधामा साहित्यकारहरुलाई सम्मान गरिने भएको गीताञ्जली साहित्य परिवार पोखराका अध्यक्ष भानु भण्डारी “ क्षितीज ” ले बताए ।प्रतिभा छनौट प्रकृयाका लागि प्रा.डा. जगन्नाथ रेग्मी को संयोकत्वमा तिन सदस्यीय प्रतिभा छनौट उपसमिति गठन गरिएको थियो जस्को सदस्यहरुमा अक्षयकोष दाता मुक्तकमणि तिर्थ… पुरा पढौ

फोटोयात्रामा पोखराका महिला फोटोग्राफरहरु ।

श्रावण २७ पोखरा चुलो ,चौका र घर भित्रको काम मात्र महिलाले गर्नुपर्छ भन्ने कुरालाई चुनौती दिदै पोखराका महिला फोटोग्राफरहरुले फोटोप्रतियोगितामा सहभागिता जनाउनैका लागि फोटो यात्रा सम्पन्न गरेका छन् । पोखरा फोटोग्राफर संघ महिला उपसमितिको आयोजनामा तथा पोखरा फोटोग्राफर संघ पोखराको ब्यवस्थापनमा यहि श्रावण २६ गते शनिबारका दिन पोखरा देखि पुम्दिभुम्दी कालाबाङ घडेरी होमस्टेबाट पैदल पुम्दिकोट, शान्ति स्तुपा हुँदै पोखरा सम्मको फोटो यात्रा आयोजना गरिएको थियो ।फोटो यात्रा पोखरा फोटोग्राफरसंघ द्धारा संचालन गरिएको चौथो पोखरा फोटोग्राफी अवार्ड लाई लक्षीत गरिएको र… पुरा पढौ

पोखरामा पत्रकार, खेलाडी र व्यवसायी सम्मानित

श्रावण २६ पोखराअन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायी सम्मानित भएका छन् ।प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल, पत्रकार एकराज गिरी, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार सम्मानित भएका हुन् ।यसैगरी महानगर खेलकुद विकास समिति सदस्यसचिव सुभास खड्का, खेलाडी विशाल बस्नेत, सिदान्त अधिकारी, कृपा गुरुङ र रचनाकुमारी चौधरी, व्यवसायी ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गाप्रसाद आचार्य, शोभाखर अधिकारी पनि सोही अवसरमा सम्मानित भए… पुरा पढौ

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

साउन २६ पोखराब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय… पुरा पढौ

विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको जनाईएको छ ।काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।विपदमा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७,… पुरा पढौ

‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’ , मन्त्री पौडेल

श्रावण २५ बाँकेस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको आज उद्घाटन गर्दै उनले अहिलेको पहिलो विषय र ध्यानदृष्टि नागरिकलाई सहज रुपमा सेवा सुविधा दिने रहेको बताए ।अस्पतालमा अहिले भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री पौडेलले भने, “पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो । अस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध… पुरा पढौ

टान गण्डकीको टोलीद्वारा भुटान भ्रमण, पर्यटन प्रवर्द्धन र हवाई उडानबारे छलफल

श्रावण २५ पोखराट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ सम्पन्न भएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी गराएको थियो ।पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् ।भ्रमण सम्पन्न गरेर टोली पोखरा फर्किएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम… पुरा पढौ

आज राष्ट्रिय भूसंरक्षण दिवस मनाइँदै

श्रावण २४ पोखराआज राष्ट्रिय भूसंरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।बाढी, पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो ।विसं २०३१ देखि ‘भूसंरक्षण दिवस’ का रूपमा… पुरा पढौ

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

श्रावण २३ ,झापाभन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो ।बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको… पुरा पढौ