समाचार

पहिराले पाइप बगाएपछि लेखनाथमा खानेपानी आपूर्ति ठप्प

असार २७ ,लेखनाथअबिरल बर्षका कारण लेखनाथ खानेपानी बितरण लाईनको मुख्य पाइपमा पहिराले क्षति पुर्याएपछि लेखनाथ क्षेत्रमा खानेपानी आपूर्ति बन्द भएको छ । लेखनाथ क्षेत्रका लागि गिउजेखोला मुहानबाट पानी आपूर्ति हुँदै आएको थियो ।बुधबार राति अविरल वर्षासँगै भिरकुनामा पहिराले मुख्य पाइप बगाएपछि पानी आपूर्ति बन्द भएको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।संस्थाले सूचना जारी गर्दै पाइप मर्मतको काम सुरु भइसकेको भए पनि पानी आपूर्ति हुन एक साता लाग्न सक्ने जनाएको छ ।संस्थाले पानी आपूर्ति बन्द भएपछि हालसम्म जम्मा भएका पानी… पुरा पढौ

मुकुल ढकाल रास्वपाबाट बर्खास्त

असार २५ काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ ।पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उनलाई हटाएको हो । उनलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले राससलाई बताए । उनको साधारण सदस्यता मात्र कायम गरिएको छ ।पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ ।रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको… पुरा पढौ

संविधान संशोधनको मुद्दामा कांग्रेस र एमाले एक ः केसी

असार २५पोखरानेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएको दावी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।उनले अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्नेमा समेत उनले जोड दिए ।संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको जिकिर गर्दै उनले संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।नेता केसीले शान्ति, विकास… पुरा पढौ

गुप्तेश्वर क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

२५ असार,पोखरापोखरामा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान मुलक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भयो ।‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा सञ्चालन भएको उक्त सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालय सहित चार विश्वविद्यालयको प्रतिनिधित्व रहेको थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको आयोजक गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस रहेको थियो भने आदिकवी भानुभक्त क्याम्पस, तनहुँ र सिनावत्र विश्वविद्यालय, थाइल्याण्ड सहकार्यको भूमिकामा रहेका थिए ।कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले जनस्तरबाट सञ्चालक भएका क्याम्पसले अनुसन्धान सम्बन्धि राष्ट्रिय तथा… पुरा पढौ

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

काठमाडौँ, २४ असारनेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरेका थिए । उनले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा… पुरा पढौ

संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

फाईल तस्बिर
असार २४ पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले आज विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ ।प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले सोमबार सरोकार भएका पक्षसँग छलफल गरी आवश्यक सुझावसमेत लिएको छ । त्यसक्रममा विमानस्थलमा भएको लगानी, निर्माणको आवश्यकता र औचित्य, निर्माणका क्रममा भएका त्रुटि, विमानस्थल नियमित सञ्चालनका चुनौती, भावी कार्ययोजनालगायत विषयमा छलफल भएको थियो ।संयोजक लिङ्देनले अनियमिताका विषयमा छानबिन प्रक्रिया अगाडि बढाई कोही दोषी देखिए कारबाहीको दायरामा ल्याइने बताए । उद्घाटन भएको… पुरा पढौ

पोखरा विश्वविद्यालयमा चर्कियो आन्दोलन ः पठनपाठन ठप्प, परीक्षा प्रभावित

असार २४ पोखरापोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना सुरु गरेका छन् । यसैगरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न माग राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् ।विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकको सेवा अवधि थप नगरी नयाँ विज्ञापन गर्ने निर्णय गरेपछि करार प्राध्यापक आन्दोलनरत भएका हुन् ।“विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन खोलेको छैन”,… पुरा पढौ

प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङको टिप्पणीः सूचना बेच्नेविरुद्ध कारबाही भएन, कसैले सन्यास पनि लिएनन्

२४ असार काठमाडौं,नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले संसद्मा फाइल, फाइल सुन्दा कानै पाकिसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले फाइलका कुरा धेरै गरेको र काम भने गर्न नसकेको बताए । उनले गृहमन्त्री लामिछानेले सत्ता भएको बेला दोषीहरुमाथि कारबाही गर्न नसकेको बताए । राजनीतिक सन्यास लिने र सूचना बेच्नजस्ता कुराहरु संसद्मा उठेको बताउँदै उनले यो अवधिमा कसैले सन्यास पनि नलिएको र कोही सूचना बेच्नेलाई कारबाही… पुरा पढौ

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

२३ असार पोखरागण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ ।मन्त्रालयका सचिव… पुरा पढौ

परिवार नियोजन संघ कास्कीको ४३औं शाखा सभा

२३ असार, पोखरानेपाल परिवार नियोजन संघ कास्कीको ४३ औं वार्षिक शाखा सभा सम्पन्न भएको छ ।कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले नेपाल परिवार नियोजन संघ कास्कीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको जानकारी दिए ।उनले संघलाई वडाको तर्फबाट सक्दो सहयोग रहने र स्थायित्वका लागि पहल सुरु गरिसकेको बताए । नेपाल परिवार नियोजन संघका महासचिव अर्जुन सिग्देलले संघ समाजमा स्थापित संस्था भएको बताए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले कार्यक्रम सञ्चालनका लागि स्थानीय… पुरा पढौ