समाचार

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

२३ असार, विराटनगर,अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।आज बिहान ९ः०० बजेको मापनअनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले जनाएको छ ।पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ । पुरा पढौ

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्री दाहालको निर्देशन

२३ असार ,काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गरेका छन् ।प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज… पुरा पढौ

तनहुँमा पहिरामा पुरिएर ३ जना बेपत्ता

२२ असार तनहुँतनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा पुरिएर शनिबार ३ जना बेपत्ता भएका छन् ।शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए ।नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए । पुरा पढौ

विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

असार २२ गते काठमाडौँ,गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत… पुरा पढौ

जल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध ।

असार २२,कास्कीगते राती देखी कास्की जिल्ला लगायतका स्थानमा भारी बर्षा भई हाल पनि निरन्तर बर्षा भई रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन निरन्तर भारी तथा मध्यम बर्षा हुने अनुमान रहेकोले कास्की जिल्लास्थित नदी तथा खोलाका तटीय क्षेत्रमा रहेका एवम् पहिरोको उच्च जोखिमयुक्त स्थान भनी पहिचान गरिएका भिरालो, उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सम्भावित विपद्का घटनाहरु बाट बच्न सुरक्षित स्थानमा गई उच्च सवाधानिका साथ शतर्कता अपनाउनु हुन सूचित गरिन्छ । साथै जिल्लास्थित… पुरा पढौ

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा छ जना मन्त्री बर्खास्त

असार २२ धनुषामधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरूले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । प्रदेशसभामा आज उनले विश्वासको मत लिने कार्यसूची छ । पुरा पढौ

आज १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवस

असार २२ पोखराआज विश्वभर १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘सहकारीहरूले अझ राम्रो विश्व निर्माण गर्दछ’ भन्ने मूल नाराका साथ यस वर्ष दिवस मनाइँदै छ ।सन् १८४४ मा बेलायतका रबर्ट ओवेनले सुरुवात गरेको सहकारी आन्दोलनले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त गरेको हो ।सन् १९९२ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले हरेक वर्ष जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने घोषणा गरेयता विश्वभर नै प्रत्येक… पुरा पढौ

पोखरामा निरन्तर वर्षा, गण्डकीसहित देशभर भारी वर्षा हुने

असार २२ पोखरा वर्षा जारी ः कतै डुवान, पहिरोले कुन–कुन सडक अवरुद्ध छ ?हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा भारी वर्षा भइरहेको छ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको पोखरामा गए रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षा शनिबार पनि जारी छ ।निरन्तर बर्षाका कारण पोखराको बिच भागबाट बग्ने सेती नदीको बहावट समेत बढ्दै आईरहेको छ भने… पुरा पढौ

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने

असार २१ काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री दाहाललई दुई ठूला दल कांग्रेस र एमालेले तत्काल मार्गप्रशस्त गर्न भनेका छन् । पुरा पढौ

नुनको भाउ वृद्धिले भान्सा महँगीयो ।

२१ असार, काठमाडौं साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि आयो नुनको भाउ वृद्धि गरेको छ । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पु¥याइएको छ ।‘नुन भान्सामा नभई नहुने वस्तु हो, हेर्दा किलोको थोरै मूल्य देखिए पनि धेरै खपत हुने होटल–रेस्टुरेन्टको भान्सा भने यसले महँगो बनाउँछ, ।होटल रेस्टुरेन्टको मात्र होइन, नुनको मूल्य बढ्दा त्यसको प्रभाव सर्वसाधारणको भान्सामा समेत देखिने छ ।कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ… पुरा पढौ