असार २० पोखरालेखनाथ उद्योग वाणिज्य संघले २८औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सव अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड पोखरा–२९ भण्डारढिक खेल मैदानदेखि पोखरा २७ तालचोक महोत्सव स्थलसम्म भएको हो । दौडमा दुई सयभन्दा बढी व्यवसायी सहभागी थिए । जसमा पुरुषतर्फ शरणकुमार प्रधान प्रथम, मदनकुमार थापा दोस्रो, सन्तोष न्यौपाने तेस्रो तथा खेमनाथ शर्मा र होमराज भाण्डारीले सान्तवना स्थान हासिल गरे । यस्तै, महिलातर्फ छाया बसौला प्रथम, ईन्दु जोशी दोस्रो र बन्दना शाह तेस्रो तथा भेट्रान्समा दुर्गाबहादुर थापा…
पुरा पढौ