काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मान्यता विपरीत ः अर्थविद वाग्ले

-


     तुलसी राम सुवेदी    
     असार २१ गते २०८१ मा प्रकाशित


लेखनाथ, २१ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद डा. स्वर्णिम वाग्लेले काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको वताएका छन ।
बिहिबार लेखनाथमा आयोजित लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्णिक साधारण सभाको अवसरमा आयोजित “वर्तमान आर्थिक अवस्थामा व्यवसायिक चुनौती र सम्भावना” विषयक उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै संसदको पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने प्रचलन नभएको वताउँदै यो लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको वताएका थिए ।
उनले संविधान संशोधन गर्ने कुरा त्यति सजिलो नभएको वताउँदै १÷२ जनालाई जोगाउनकै लागी अहिलेको समिकरण बनेको भए त्यस्तो सरकार २÷३ महिनामै ढल्ने दावी गरे । उनले आर्थिक र राजनीतीक शुसासन कायम नभएका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको वताए । देशको समग्र अर्थतन्त्र बाहिर आएको हल्लाजस्तो दयनीय नभएको वताउँदै सुक्ष्म अर्थतन्त्रतर्फ भने थुप्रै सुधारका कुराहरु गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनिती, अर्थनिती र कुटनिती पिडादायक अवस्थामा रहेको वताउँदै अहिलेको राजनितिक प्रयोग अन्तिम विकल्प भएको वताउँदै यदि यो असफल भएको खण्डमा मुलुक कता पुग्छ ? भनी प्रश्नसमेत गरे ।
यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विदेश जानेलाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकारी तर्पmबाट ब्यवसायिक मैत्री निती निर्माण गरेपनि कार्यन्वयनको चरण फितलो भएको वताएका थिए ।
यसैगरि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले ब्यवसायिले राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने तर सरकारको तर्फबाट व्यवसायीमैत्री निती आउन नसकेको र व्यवसायीबाट अंकुश लगाएर रकम तान्ने काम मात्र गरेको वताएका थिए ।
लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले वि स २०५४ सालमा स्थापना भएको संघले यस क्षेत्रका सवै खालका ब्यवसायीहरुलाई संगठित गर्दै यस क्षेत्रको विकासका लागि सरकारी निकायमा लभिङ गर्दै आएको बताएका थिए ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका अधिकारीले कार्यक्रम संचालन र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।