
असार २० पोखरा
लेखनाथ उद्योग वाणिज्य संघले २८औं स्थापना दिवस तथा २७ औं वार्षिकोत्सव अवसरमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड पोखरा–२९ भण्डारढिक खेल मैदानदेखि पोखरा २७ तालचोक महोत्सव स्थलसम्म भएको हो । दौडमा दुई सयभन्दा बढी व्यवसायी सहभागी थिए ।
जसमा पुरुषतर्फ शरणकुमार प्रधान प्रथम, मदनकुमार थापा दोस्रो, सन्तोष न्यौपाने तेस्रो तथा खेमनाथ शर्मा र होमराज भाण्डारीले सान्तवना स्थान हासिल गरे ।
यस्तै, महिलातर्फ छाया बसौला प्रथम, ईन्दु जोशी दोस्रो र बन्दना शाह तेस्रो तथा भेट्रान्समा दुर्गाबहादुर थापा प्रथम, धर्मराज बर्तौला दोस्रो र दामोदरभक्त थापा तेस्रो हुन सफल भएका थिए ।
तीन वटै इभेन्टमा प्रथमले आठ हजार, दोस्रोले छ हजार, तेस्रो हुनेले चार तथा सान्त्वना स्थान हासिल गर्नेले जनही दुई दुई हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरिएको छ ।
दौडको माध्यमबाट सदस्यबीच आपसमा मित्रता, परिचय तथा सम्बन्ध बिस्तार गराउने उद्देश्यले भेट्रान्स (५० वर्षमाथि) एवं महिला र पुरुषबीच दुई किमी दौड प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
संघका अध्यक्ष विनोद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) र महासचिव जानुका अधिकारी लगायतले दौडमा सहभागीलाई धन्यवाद ज्ञापन गरे ।




