समाचार

बेनी–जोमसोम–कोरला योजना, आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति ।

जेठ २८ गते म्याग्दीआठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमाना त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलामा पुल निर्माण गर्न विसं २०७३ देखि योजना निर्माण सुरु भएको थियो ।… पुरा पढौ

प्रधानमन्त्री दाहाल ‘ भारतबाट आज स्वदेश फर्किँदै

२०८१ जेठ २८ गते काठमाडौप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज स्वदेश फर्किने भएका छन् । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन गएका प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । उक्त शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी छन् । पुरा पढौ

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

जेठ २८ अछाम,कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । “पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उनले… पुरा पढौ

सुरक्षा अधिकारीद्वारा बझाड पुलानवरपर चीन सीमा क्षेत्रको निरीक्षण

जेठ २५ थलारा (बझाङ), ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई… पुरा पढौ

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ ः प्रधानमन्त्री दाहाल

फाईल तस्बिर...
जेठ २५ काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नो तर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको… पुरा पढौ

भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

भक्तपुर, २४ जेठसेतो लामो एकतले भवन , जस्ताको छानो भए पनि राणाकालीन शैलीझैँ देखिने उक्त भवनमा आजभन्दा एक सय २० वर्ष अगाडि ‘श्री चन्द्रलोक डिस्पेन्सरी’को नामबाट स्वास्थ्य सेवा सुरु गरेको नेपालकै दोस्रो पुरानो अस्पताल हो ‘भक्तपुर अस्पताल’ । स्थापनाको सय वर्ष पार गरिसक्दा पनि सेवा विस्तारदेखि स्तरोन्नतिमा पछाडि पर्दै आएको यस अस्पताल मेडिकल माफियाका चुङ्गुलमा पर्दा वर्षौँसम्म ‘रिफर सेन्टर’का रूपमा परिणत भएको थियो । भ्रष्टाचारसम्बन्धी विवाद आइरह्यो, जनताको विश्वास गुम्दा बिरामीले भक्तपुर अस्पताल रोज्न छाडे । भक्तपुर अस्पताल आफैँ बिरामी… पुरा पढौ

जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाडौँ, २३ जेठराष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उनले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी–पहिरोसँगै जीवनयापनका चुनौती थपिएको बताए । उनले भने, “जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको क्षयका कारण सृजित सङ्कटसँग नेपाललगायत सम्पूर्ण विश्वका अन्य मुलुक जुधिरहेका छन् । कसैको एकल प्रयासले यी सङ्कट समाधान हुन सक्दैनन्, सबै… पुरा पढौ

गण्डकीमा देशकै महत्त्वपूर्ण र ऐतिहासिक परियोजना हुनेछ ः प्रधानमन्त्री दाहाल

जेठ २३ गते पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताए । साथै उनले आव २०८१÷८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।… पुरा पढौ

अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

जेठ २२ गते पोखरा चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यद्यपि सो दूरी गत वर्ष उनले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पूरा गरेका थिए । उनले ५… पुरा पढौ

सरकारले ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ः प्रधानमन्त्री प्रचण्ड ।

फाईल तस्बिर...
सङ्खुवासभा, २२ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । सङ्खुवासभा मकालु–५ को आमराङस्थित अरुण–३ जलविद्युत् आयोजनाको सुरुङको ‘ब्रेक थ्रो’ कार्यक्रममा उहाँले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । “यस आयोजनाबारे मैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जानकारी लिँदै आएको छु । सन् २०१४ नोभेम्बर २५ मा परियोजना विकास सम्झौतामा हस्ताक्षर भई… पुरा पढौ