समाचार

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री

फाईल तस्बिर...
काठमाडौँ, असार ६ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले भने, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण… पुरा पढौ

गण्डकीको प्रदेशको बजेटमाथि एमालेको असन्तुष्टि, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित ।

पोखरा ६ असारगण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गरेका थिए । उनले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको दावी गरे । सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको… पुरा पढौ

ट्यांकर चालक संघसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि

काठमाडौँ, असार ३  सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो… पुरा पढौ

नेपालका ईस्लाम समुदायले आपसमा शुभकामना आदानप्रदान गरि बकर इद पर्व मनाए ।

३ जेष्ठ पोखराबकर ईद ( उल अजहा ) नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाए । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैँसीको कुर्बानी वली दिने परम्परा छ । वली दिइएको पशुको मासु… पुरा पढौ

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल, छलफलका लागि मन्त्रालय बोलाइयो

काठमाडौं असार ३नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सातबुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्यांकर चालक संघमा आवद्ध चालकहरूले भने विद्यमान कानुनी व्यवस्थाको उल्लंघन गर्दै आन्दोलनमा उत्रिएका हुन् ।… पुरा पढौ

अब राष्ट्रिय परिचयपत्रसँग ड्राइभिङ लाइसेन्स लिङ्क हुने

काठमाडौँ, असार २गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रमा लाइसेन्सको विवरण लिङ्क गरेर ट्राफिक चेकजाँच र जरिवाना गर्नेगरी प्रणाली विकास गरेको छ । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सो प्रणाली ‘गेम चेन्जिङ प्रोजेक्ट’को रूपमा रहेको बताए । ड्राइभिङ लाइसेन्स युजर आफैँले यातायात व्यवस्था विभागको पोर्टमा गएर डाटाबेसमा राष्ट्रिय परिचयपत्र अपडेट गराउन सक्छन् । त्यसपछि सवारी चालकले एनआईडी मात्रै बोकेर हिँड्न सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् । राष्ट्रिय र परिचयपत्र हेरेर ट्राफिक प्रहरीले फोटो भेरिफाइ गरेपछि राष्ट्रिय परिचयपत्रको… पुरा पढौ

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित

असार २ गते कास्कीगण्डकी प्रदेशको आर्थिक वर्ष २०८१र८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री टकराज गुरुङले गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न निजी क्षेत्रसँगको सहकार्यमा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताए ।पर्यटन व्यवसायीसँगको सहकार्यमा विभिन्न पर्यटकीय प्याकेज तयार गरी ‘पहिले घरदेश अनि परदेश’लाई अभियानको रूपमा सञ्चालन गरिने उनले बताए । पर्यटकीय राजधानी पोखरा… पुरा पढौ

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन ः राष्ट्रपति पौडेल

जेनेभा (स्वीट्जरल्याण्ड), ३१ जेठःराष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताउनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुँदै उहाँले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन भन्नुभयो । “हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो, “जलवायु परिवर्तनका नकारात्मक असरहरूको… पुरा पढौ

राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट

काठमाडौँ, ३१ जेठराष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन् ।स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन आएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रुपमा आमन्त्रण गरेकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम सङ्गठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने… पुरा पढौ

श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिव सरवार बीच भेटवार्ता

जेठ ३१ गते काठमाडौँपरिचयात्मक परामर्श भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको सार्क सचिवालयले जनाएको छ । महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा… पुरा पढौ