समाचार

नेसनल प्याव्सनको गण्डकी प्रदेश नयाँ समिति चयन , अध्यक्षमा सिकन्दर

पोखरा, ६ फागुन गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश समितिको अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका सिकन्दर गुरुङ अध्यक्ष रहेको ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । निजि बिधालयका संचालकहरुले स्थापना गरेको प्याब्सनबाट अलग हुँदै निजि विधालयका संचालकहरुले एनप्याब्सन र नेसनल प्याब्सन बनेको अबस्थामा नेसनल प्याब्सनको गण्डकी प्रदेश समितिको दोश्रो अधिबेशन पोखरामा भएको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक… पुरा पढौ

कास्कीमा चुनावी सरगर्मी बढदै ,सुकुम्बासी समस्या समाधान गर्न प्रतिबद्ध रहेनछु ः बैनबहादुर

पोखरा, ६ फागुन यहि फाल्गुण २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीमा यतिबेला चुनावी सरगर्मी बढिरहेको छ बिभिन्न दलका उमेदवारहरु घरदैलोमा ब्यस्त रहदै जनता संग आआफ्ना प्रतिबद्धताहरु राख्दै आएका छन । यसैगरि नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पोखरा–३२ मा बुधबार आयोजित घरदैलोमा उनले वर्षौंदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुन नसक्नु दुःखद भएको बताए । ‘अझै पनि… पुरा पढौ

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा,२८ माघ, कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य,… पुरा पढौ

वरिष्ठ कलाकार सुनिल थापाको निधन

पोखरा, वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए। शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो । उनी हिजो समेत फिल्मको सुटिङमा थिए। २७ चैतमा रिलिज हुने ‘नाम नाम सत्य’को सुटिङ सकेर थापा शुक्रबार फर्किएका थिए। तर सोही फिल्मको सुटिङ नसक्दै थापाको निधन भयो। उनी… पुरा पढौ

प्रेस चौतारी कास्कीले दुई पत्रकारलाई ग¥यो सम्मान तथा पुरस्कार प्रदान

पोखरा, २२ माघ प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८औँ स्थापना दिवसको अवसरमा दुई जना वरिष्ठ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। बिहीबार पोखरामा आयोजित विशेष समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सचिव खगराज अधिकारीले सम्मानपत्र, दोसल्ला तथा नगदसहित दुवै पत्रकारलाई सम्मानित गरे। पुरस्कारस्वरूप लम्साललाई सम्मानपत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै विष्णुप्रसाद… पुरा पढौ

पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि

पोखरा गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात… पुरा पढौ

पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

२० माघ पोखरा । राष्ट्रिय खेलकुदको भविष्य खोज्दै पश्चिम पृतनामा नेपाली सेनाको अग्रसरतामा एकदिने गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीले नेपालको खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन नीतिगत सुधार, पूर्वाधार विकास र दीर्घकालीन लगानी अपरिहार्य रहेको निष्कर्र्ष निकालेको छ । “नेपाली सेनाको खेलकुद विकासलाई स्तर अभिवृद्धि गर्न अपनाउनु पर्ने उपाय” विषयक गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरूले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप, कोटा प्रणाली, दक्ष प्रशिक्षकको अभाव र कमजोर पूर्वाधार मुख्य चुनौतीको रुपमा रहेको समेत औल्याएका छन । सो अवसरमा… पुरा पढौ

टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित

पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसविरुद्ध गण्डकीको सहज जित

पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । यसअघि आजै भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो… पुरा पढौ

पोखराका फोटोग्राफरहरुको लागि ईन्टरनेटमा आधारीत सेवा सम्बन्धी २ दिन तालिम सुरु । नव निर्वाचित केन्द्रिय पदाधीकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान ।

पोखरा, ९ माघ पोखरा फोटोग्राफर संघ कास्कीले आफ्ना सदस्यहरुका लागि दुई दिने ईन्टरनेटमा आधारित सेवा सम्बन्धी अधिमुखीकरण कार्यक्रम आज देखि सुरु गरेको छ । आज सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कैलास बचत तथा ऋण सहकारी संस्थाका लि.का अध्यक्ष खडानन्द अधिकारीले पानशमा बत्ती बालेर समुद्घाटन गरेका थिए । संस्थाकी उपाध्यक्ष तथा अधिमुखीकरण कार्यक्रमकी संयोजक नन्दकला पौडेलले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य द्धारा स्वागत गरेकी थिईन । सभाअध्यक्ष ,प्रमुख अतिथि तथा अतिथीहरुलाई महिला उपसमिति संयोजक मीरु लम्साल तथा बविता पौडेलले खादा लगाएर स्वागत गरेका… पुरा पढौ