समाचार

कैलाश सहकारीको १४औँ साधारण सभा भव्य रूपमा सम्पन्न

पोखरा, २९ मंसिर पोखरा तथा आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरूको संयुक्त पहलमा सञ्चालित कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले १४औँ वार्षिक साधारण सभा भव्य समारोहका बीच सम्पन्न गरेको छ। संस्थाका पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले सहकारीको स्थापना कालको स्मरण गर्दै सानो पूँजीबाट सुरु भएको संस्थाले हाल करिब ४० जनालाई रोजगारी दिन… पुरा पढौ

पोखराको लेकसाइडमा पुस १३ देखि सडक महोत्सव, ३ किलोमिटर क्षेत्रमा सांस्कृतिक र खाद्य उत्सव गरिदै ।

मंसिर १९ पोखरा पर्यटन राजधानीका रूपमा परिचित पोखराको लेकसाइड क्षेत्र यस वर्ष पनि भव्य सडक महोत्सवका लागि तयारी अवस्थामा छ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा हुने २७ औं पोखरा सडक महोत्सव आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा उत्साहपूर्वक मनाइने भएको छ। ‘सडकमै खाउ, सडकमै रमाउ’’ भन्ने नारासहित प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको स्वागतसंगै मनाइने यो महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै आएको आयोजक रेवानले बिहीबार आयोजित पत्रकार… पुरा पढौ

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस मनाइयो ।

२०८२ मंसिर १९, पोखरा आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा विश्व माटो दिवस विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ५ तारिखमा सदस्य राष्ट्रहरूले मनाउँदै आएका छन्। अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ देखि मनाउन थालिएको हो। सोही वर्ष संयुक्त राष्ट्रसंघीय महासभाले डिसेम्बर ५ लाई स्वयंसेवकहरूको योगदानको सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो। यस दिवसले स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म स्वयंसेवाको भावना, सेवा संस्कृतिको विस्तार र विकास रणनीतिमा स्वयंसेवालाई समावेश गर्ने उद्देश्य बोकेको छ। यसै… पुरा पढौ

भोलीदेखि पोखरामा भव्य व्यापार मेला सुरु, तयारी सम्पन्न — प्रविधिदेखि उद्योगसम्म एकै छानामुनि

१६ मंसिर, पोखरा पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा मंसिर १७ गतेदेखि ‘नेपाल मणिपाल अस्पताल ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औं क्यान इन्फोटेक २०८२, पोखरा’ सुरु हुँदैछ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अनुसार मेलाका सबै तयारी सकिएको छ। मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधवार गर्ने कार्यक्रम छ । संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका गतिविधिबाट प्रभावित व्यवसायिक वातावरणलाई पुनः सामान्य अवस्थामा फर्काउनु मेलाको प्रमुख उद्देश्य रहेको बताए। उनका अनुसार मेला “लगानीको संवद्र्धन… पुरा पढौ

‘पर्यटन क्षेत्रको विकासमा एआईको प्रयोग जरुरी’

काठमाडौँ, १४ मङ्सिर । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको विकासका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताएका छन् । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आजदेखि सञ्चालित ‘प्रविधिमैत्री पर्यटन तथा एआई तालिम’को उद्घाटन सत्रमा उनले प्रविधिका माध्यमबाट पर्यटन क्षेत्र अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले पछिल्लो समय प्रविधिको प्रयोगसँगै नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि… पुरा पढौ

ठकुरी युवा परिवार कास्कीको ‘अवचेतन मन र नेतृत्व विकास’ तालिम पोखरामा सम्पन्न ।

पोखरा, मंसिर १४ । ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक विशेष प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ । युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवा पुस्ताले साझा लक्ष्यसहित अघि… पुरा पढौ

आइटिएफ जे ३० टेनिस टुर पोखराको तयारी पुरा, १६ देशका ८० खेलाडी प्रतिष्पर्धा गर्दै

पोखरा÷मंसिर १४ । कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सत्तचालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कास्की टेनिसले आइटिएफ जे३० को आठौं सस्करणको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको पहिलो सर्किट अन्तर्गत १६ देशका ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना गरी कुल ८० जनाले प्रतिष्पर्धा… पुरा पढौ

नेपाल पत्रकार महासंघ जापानको अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र गोर्खाली बिजयी

जापान संवाददाता टोकियो ७ मंसिर नेपाल पत्रकार महासंघ जापानको जापानको अधिवेशन सम्पन्न भयो ,अध्यक्षमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको… पुरा पढौ

२१ औं लेखनाथ महोत्सव पुसको पहिलो साता आयोजना गरिदै

लेखनाथ, ७ मंसिर । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघले पुसको पहिलो साता देखि २१औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको… पुरा पढौ

आज बालाचतुर्दशीः पोखरा लगायत बिभिन्न स्थानका शिबलयमा सतबिज छर्नेको घुईचो ।

२०८२ मङ्सिर ३ गते ,पोखरा आज सोमबार, मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजको दिन पशुपति मन्दिरको परिसर सहित देशभरका विभिन्न शिवालयहरुमा दिवंगत पितृको सम्झना गर्दै र उनीहरुको सद्गतिको कामना गर्दै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइंदै छ । यस क्रममा हिजो मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु… पुरा पढौ