आज बालाचतुर्दशीः पोखरा लगायत बिभिन्न स्थानका शिबलयमा सतबिज छर्नेको घुईचो ।

-


     केन्द्रीय आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित


२०८२ मङ्सिर ३ गते ,पोखरा
आज सोमबार, मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजको दिन पशुपति मन्दिरको परिसर सहित देशभरका विभिन्न शिवालयहरुमा दिवंगत पितृको सम्झना गर्दै र उनीहरुको सद्गतिको कामना गर्दै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइंदै छ । यस क्रममा हिजो मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।
देशका विभिन्न शिबलयमा सतबिज छर्ने क्रममा पोखरा र आसपासका बिभिन्न क्षेत्रमा पनि सताबिज छर्न मानिसहरु पुग्ने गरेका छन। पोखरा महनगरपालिका –२३ मा पर्बत, कास्की र स्याड.जाको संगमस्थलको रुपमा रहेको पन्चासे, पोखरा –२ स्थित बिन्दुबासिनि मन्दिर लगायतका स्थानमा बर्षौं देखि सतबिज छर्न जानेहरुको भिड लाग्ने गर्दछ।
यसका साथै पोखराको लेकसाइडस्थित केदारेश्वर महादेव मन्दिर, भलाम स्थित हरिहर गुफा, आर्वास्थित महाप्रभुधाम, शिवमन्दिर रामघाट लगायतका स्थानमा बुधबार बिहानबाट नै सतबिज छर्ने हरुको भिड लाग्ने गरेको छ। पछिल्लो समय पोखरा –२३ स्थित सिद्धबराह अर्थात माझथुम, पोखरा –१७ स्थित गुप्तेश्वर गुफा, मासवार स्थित पुष्करेश्वर शिब महादेव मन्दिर लगायतका स्थानमा पनि सतबिज छर्ने गरिएको छ।