समाचार

फोटोग्राफर संघ गण्डकीको अन्तरक्रिया सहित पुर्ण बैठक स्याङजामा सम्पन्न, ( फोटोग्राफर मञ्च स्याङजाका नबनिर्वत्रित कार्यसमितिलाई बधाई साथै सम्मान )

स्याङजा २९ कार्तिक फोटोग्राफर संघ गण्डकीको आयोजनामा कार्तिक २८ र २९ गते अन्तरक्रिया सहित पुर्ण बैठक स्याङजामा सम्पन्न भएको छ । फोटोग्राफर मञ्च स्याङजाको स्थानिय ब्यवस्थापनमा सन्चालित पुर्ण बैठक, बधाई तथा अन्तरक्रिया सहितको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । गण्डकी प्रदेशका ११ जिल्लाका व्यावसायिक फोटोग्राफरहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा फोटोग्राफी तथा भिडियो ग्राफी क्षेत्रमा देखिएका अवसर तथा चुनौतीका बिषय साथै पेशागत दायित्वबारे विस्तृत रूपमा छलफल गरिएको थियो। बदलिँदो प्रविधि, बजार प्रतिस्पर्धा, पेशागत मानक र गुणस्तर… पुरा पढौ

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड |

२०८२ कार्तिक २१, कैलाली सरकारले धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरेपछि कैलालीका किसानहरू सरकारी खरिद केन्द्रमा रातदिन लाइनमा उभिन बाध्य भएका छन्। घोडाघोडी नगरपालिका–३ निम्दीका किसान स्वरूप चौधरी शनिबार बिहानै धान बिक्रीका लागि भजनीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र पुगेका थिए। तर त्यो दिन उनी पालो नपाएर घर फर्कन बाध्य भए। अन्ततः चार दिनपछि मात्रै उनले आफ्नो धान बिक्री गर्न सके। भजनी–४ का किसान राजकुमार चौधरी पनि उस्तै समस्यामा परे। “धान बेच्न चार दिन लाग्यो,” उनले भने, “सरकारले… पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाएकी छिन्। आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन्। “जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन… पुरा पढौ

नेकपा एमाले को ११ औं महाधिबेशन पोखरामा हुने , संसद पुनस्थापनाको जनमत तयार गर्ने जस्ता निर्णय

३१ असोज पोखरा नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठक पार्टीको ११ औं महाधिबेशन पोखरामा गर्ने र संसद पुनस्थापनाको लागि जनमत तयार गर्ने लगायतका २२ बुँदे समसामयिक प्रस्तावहरू पारित गर्दै सकिएको छ । शुक्रबार सम्पन्न बैठकले पार्टीको ११ औ महाधिवेशन आगामी मंसिर २७–२९ गते पोखरामा गर्ने निर्णय गरेको बैठकपछि जारी बिज्ञप्तिमा जनाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको दसौँ पूर्ण बैठकले सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासन लगायत विभिन्न माग राखेर जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शनका क्रममा… पुरा पढौ

भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौँ ः प्रधानमन्त्री कार्की

२०८२ असोज ३१ गते, पोखरा प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताउनु भयो । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उहांले यस्तो बताउनु भएको हो । ‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौँ र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौँ,’ उहांले बताउनुभयो । वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको ब्रिफिङको क्रममा उहाले बताउनु… पुरा पढौ

फोटोग्राफर मञ्च स्याङजाको साधारण सभा तथा अधिवेशन सम्पन्न , अध्यक्षमा न्यौपाने सर्वसम्मत ।

२६ पोखरा स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक एकता महत्व र औचित्यका बारेमा प्रकाश पार्दै सवै जुटेर लाग्नुपर्ने बताउनु भयो । साथै कार्यक्रमका बिशेष अतिथी गल्याङ नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाअध्यक्ष… पुरा पढौ

राष्ट्रपति पौडेलको अगुवाईमा सर्वदलिय बैठकमा, निर्बाचनमा केन्द्रित हुन दलहरुलाई आग्रह

२४ असोज पोखरा राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उक्त आग्रह गरेका हुन । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रवन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ… पुरा पढौ

राष्ट्र बैंकले सुन आयातको कोटा बढायो

२०८२ असोज २४ पोखरा नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पु¥याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ । यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पच्चिस) किलोग्राम कायम गरिएको छ’, संशोधित… पुरा पढौ

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध ।

हराएका तथा चोरी भएका जिन्सी समान फिर्ता गर्ने सम्बन्धी, मुख्य मन्त्रि तथा मन्त्रि परिषदकोे कार्यालय गण्डकी प्रदेशको अनुरोध । पुरा पढौ

हिमाली च्याङ्ग्राको चहलपहल, दसैं नजिकिएसँगै बजारमा रौनक

२०८२ असोज १२, पोखरा दसैं नजिकिँदै जाँदा हिमाली क्षेत्रका च्याङ्ग्राले पहाडदेखि तराईका मुख्य बजारसम्म चहलपहल ल्याएको छ। मुस्ताङ र डोल्पाका उच्च भू–भागमा हुर्किएका च्याङ्ग्रा व्यापारीहरूले म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा भित्र्याइरहेका छन् भने कतिपय व्यापारीहरूले चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्। हाल पोखराको बगर, हरिचोकदेखि हेम्जा फेदीसम्म सडक छेउछाउ च्याङ्ग्राका बथानहरूले भरिभराउ बनेको छ । ग्राहकहरू सडकमै पुगेर च्याङ्ग्रा खरिद गर्ने क्रम तीव्र बनेको छ। व्यापारीहरूका अनुसार हिमाली च्याङ्ग्रा स्वादिलो मात्र नभई औषधीय गुणयुक्त पनि हुने भएकाले यसको माग उच्च… पुरा पढौ