फोटोग्राफर मञ्च स्याङजाको साधारण सभा तथा अधिवेशन सम्पन्न , अध्यक्षमा न्यौपाने सर्वसम्मत ।
-
केन्द्रीय आवाज
असाेज २६ गते २०८२ मा प्रकाशित
२६ पोखरा
स्याङजाका विभिन्न स्थानमा छरिएर रहेका फोटो व्यवसायीहरूको छाता संगठन ‘फोटोग्राफर मञ्च स्याङजा’को दोस्रो अधिवेशन तथा साधारण सभा शनिबार गल्याङमा सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघ नेपालका कोषाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी रहनु भएको थियो । उद्धघाटन पश्चात कार्यक्रमलाई शुभकामना दिदै सुवेदीले व्यवसायीक एकता महत्व र औचित्यका बारेमा प्रकाश पार्दै सवै जुटेर लाग्नुपर्ने बताउनु भयो ।
साथै कार्यक्रमका बिशेष अतिथी गल्याङ नगरपालिका प्रवक्ता तथा वडा नं. ३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराइले फोटोग्राफी क्षेत्र भनेको कला मात्र नभइ बर्तमान लाई भबिस्य सम्म जिबन्तता दिई राख्ने प्रबिधी पनि भएको बताउनु भयो । साथै उहांले फोटोग्राफरको एउटा फोटोले हजार शब्द बोल्न सक्ने बताउदै फोटोको स्थानीय तह देखि केन्द्रिय तहका सरकारी तथा गैर सरकारी क्षेत्रमा बिशेष महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका महासचिव प्रेम प्रसाद पराजुली, गल्याङ चेम्वर अफ कमर्शका अध्यक्ष अर्जुन रानाभाट लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
संस्थाको भावीयोजना सहितको प्रतिवेदन संस्थाका अध्यक्ष बिमल खनालले प्रस्तुत गर्नुभएको थियो भने सचिव बाबुराम रेग्मीले सचिवको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रदिप पाठकले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको बिच बिचमा राष्ट्रिय दोहारीगीत प्रतिष्ठान स्याड.जाका कलाकार राजेश भन्डारी र भुमिका पगेनीको प्रस्तुतीले कार्यक्रममा रौनकता थपिदिएको थियो ।
संस्थाका उपाध्यक्ष ढाकाराम खनालले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथी तथा फोटोग्राफर सदस्यहरुलाई स्वागत गर्नुभएको थियो । संस्थाका अध्यक्ष बिमल खनालको अध्यक्षतामा आयोजित कार्यक्रम संस्थाका सचिव बाबुराम रेग्मीले संचालन गर्नुभएको थियो ।
सनीवार नै सम्पन्न अधिवेशनले पत्रकार समेत रहेका यूवा फोटोग्राफर हिमाल न्यौपानेलाई सर्वसम्मत रूपमा मञ्चको अध्यक्षमा चयन गरेको छ । नवगठित १५ सदस्यीय कार्यसमितिका पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा बाबुराम रेग्मी, उपाध्यक्षमा शिव भण्डारी, सचिवमा प्रदीप पाठक, र कोषाध्यक्षमा बिकास खाँण, सहकोषाध्यक्ष बिनोद गुरुङ चयन हुनुभएको छ भने सदस्यहरुमा गीता भट्टराई , केदार मान श्रेष्ठ , कमला लम्साल , बिबेक श्रेष्ठ, सन्जोक थापा, रबिन थापा, सुरेश उचाई ठकुरि सर्वसम्मत चयन हुनुभयो । साथै सल्लाहकार हरुमा ढाकाराम खनाल , महेन्द्र श्रेष्ठ र नि. अध्यक्ष बिमल खनाललाई चयन गरिएको थियो ।
फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीको संयोजकत्वमा तिन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो । निर्वाचन समितिको सदस्यमा फोटोग्राफर संघ गण्डकीका महासचिव तथा संस्थाका सल्लाहाकार प्रेम प्रसाद पराजुली र संस्थाका सल्लाहकार महेन्द्र श्रेष्ठ रहनुभएको थियो ।
सपथग्रहण पश्चात आफ्नो अध्यक्षताको पदभार ग्रहण पछि बोल्दै नव–निर्वाचित अध्यक्ष हिमाल न्यौपानेले जिल्लाका सम्पूर्ण फोटोग्राफरहरूलाई संगठित गर्दै पेशागत हकहितको पक्षमा संस्था अग्रसर रहने प्रतिबद्धता समेत जनाउनुभयो ।