समाचार

मनमोहन अधिकारीले शिलान्यास गरेको सडक ३१ वर्षपछि कालोपत्रे हुँदै

जेठ ५ गते खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री (दिवंंगत) मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन् । दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ… पुरा पढौ

धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक

२०८२ जेठ ५ गते काठमाडौँ, । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरे । “कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु”, गृहमन्त्री लेखकले भन्नुभयो, “हिन्दू धर्मले… पुरा पढौ

गीताञ्जली साहित्य परिवारले २६९ आंै साधान प्रभात सम्पन्न गरेको छ ।

जेठ ३ गते ,पोखरा गीताञ्जली साहित्य परिवार पोखराको २६९ औं श्रड.खलाको साधना प्रभात एवम नियमित रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा रामघाट स्थित गितामन्दिर परिसरमा प्रत्येक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन तथा साधना प्रभात कार्यक्रम संचालन हुदै आएको छ । पोखरेली साहित्यकारहरुको साहित्यीक जमघट हुने थलोका रुपमा गीताञ्जली साहित्य परिवार रहेको र प्रत्येक महिनाको पहिलो सनिवार नियमित रुपमा कार्यक्रम आयोजना हुदै आएको र कार्यक्रममा बाल, नवोदित साहित्यकार देखि बरिष्ठ साहित्यकारहरुको समेत उपस्थिती हुने गरेको छ ।… पुरा पढौ

अन्नपूर्ण म्याराथन–२०८२ को पाँचौं संस्करण जेठ २० मा आयोजना हुँदै

तुलसी राम सुबेदि , २ जेठ , पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गर्ने ‘अन्नपूर्ण म्याराथन–२०८२’ को पाँचौं संस्करण आगामी जेठ २० गते मंगलबार हुने भएको छ। अन्नपूर्ण आधारशिविर (४,१३० मिटर) बाट सुरु भई घान्द्रुक (श्री मेश्रम बराह मा.वि.को खेल मैदान) सम्म ४२.१९५ किलोमिटरको दूरीमा हुने यो म्याराथनले पर्यटन प्रवद्र्धन र पदयात्रा मार्गको पूर्वाधार विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ। सन् १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल (८,०९१… पुरा पढौ

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा, २ जेठ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका… पुरा पढौ

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

बैशाख ३० गते काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुने जनाईएकोछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका… पुरा पढौ

पोखराबाट देशका अन्य सहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल

पोखरा, २६ वैशाख । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका अन्य विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल सम्पन्न भयो । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको हो । छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह… पुरा पढौ

प्रधानमन्त्री ओलीले भारतीय राजदूतलाई भने ‘हामी आतङ्कबाद विरुद्ध छौँ’

२०८२ बैशाख २६ काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको… पुरा पढौ

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा ः कृषिमन्त्री अधिकारी

बैशाख २६ कोलम्बो कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताए । श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपाल तराईको समथर भू–भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भूगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढीपहिरो, खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोटजस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनास र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए । मन्त्री अधिकारीको सचिवालयका अनुसार सो अवसरमा उनले… पुरा पढौ

स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकता ः प्रदेश प्रमुख भट्ट

२६ वैशाख, पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चितताका लागि स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताका रुपमा स्वीकार गर्नुपर्ने बताए । कानुन दिवस २०८२ को अवसरमा उच्च अदालत पोखराले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश प्रमुख भट्टले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सम्बन्धित सबैसँग आग्रह गरे । यो दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको बताउँदै प्रदेश प्रमुख भट्टले विधिको शासन कायम राख्न र कानून… पुरा पढौ