समाचार

मानव अधिकारको सम्मान र संरक्षण जरूरीः प्रदेश प्रमुख भट्ट

पोखरा, १३ जेठ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । ‘हामी सबै आफ्नो अधिकारप्रति… पुरा पढौ

राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन ः नेतृत्व चयनका लागि आज मतदान ।

१३ जेठ पोखरा नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशन पश्चात नयाँ नेतृत्व चयनका लागि पोखराको सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान शुरू भएको छ । महाधिवेशन जेठ ९ देखि ११ गते सम्म निर्वाचन सम्पन्न गर्ने योजना भए पनि नेतृत्व चयनमा आकांक्षीहरु बिच सर्वसम्म गराउन खोजिएको तर सवै आकांक्षी मित्रहरुको राय प्रजातान्त्रीक प्रकृयाबाट नै जाउं भन्ने सुझाब आएको हुंदा सवै प्रकृया मिलाएर लैजादा केहि समय लागेको राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज राजिव पहारीले जनाए । अध्यक्ष पदका लागि… पुरा पढौ

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पुनः उठाइने ‘प्रचण्ड’

१० जेठ,पोखरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको बताए । मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले देशलाई नयाँ क्रान्तिको आवश्यकता महसुुस गरि हामीले यो अभियान सुरु गरेको बताएका छन । संविधानले स्थिरता र आर्थिक समृद्धि कायम गर्न नसकेको जिकिर गरेका छन् ।हामीले संविधान सभाबाट संविधान निर्माणकै बेलामा यो संविधानले देशमा स्थिरता नदिने बताएको बताउदै यो संबिधानले आर्थिक समृद्धिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन समेत… पुरा पढौ

प्रतिगमनको कुचेष्टा सह्य नहुने ः प्रधानमन्त्री ओली

९ जेष्ठ ,पोखरा , प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक, अधिकार र मुलुकको स्वाधीनता जोगाउँदै सबै खाले प्रतिगमन रोक्न एमाले सधैं अग्रपंक्तिमा रहने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दे उनले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताए । साथै उनले राजा र राजावादीहरुलाई यस्ता दिवा सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको कुण्डली हेरेर राजतन्त्र फर्कने हल्ला फैलाएको… पुरा पढौ

पोखराका भूमिहिन सुकुम्बासीहरु दलका नेतासँग निकास खोज्दै

९ जेठ,पोखरा भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पोखराको पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका थिए । बिस २०३६ सालदेखि बसोबास गरेकाहरुलाई ३५ दिनभित्र घरजग्गा खाली गरिदिन बडा कार्यालय ९ ले गएको बैशाख २ गते पत्र काटेको थियो । त्यो जग्गा पोखराका विभिन्न व्यक्तिका नाममाा दर्ता भएको भन्दै खाली गरिदिन वडा कार्यालयले पत्र काटेको थियो । कित्ता नम्बर… पुरा पढौ

तरबुजा खेतीमा आइपिएम कृषक पाठशाला प्रभावकारी

पोखरा, ९ जेठ पोखरा महानगरपालिकाको सहयोगमा पोखरा महानगरपालिका वडा नं १३ र १४ का कृषकलाई लक्षित गरी कुँडहरमा तरबुजा खेतीमा गरिएको एकिकृत शत्रुजीव व्यवस्थापन(आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ । बिउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पु¥याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवम् स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुराहरू प्रत्यक्ष जान्ने र सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार यहाँका कृषकहरूले समूहगत रुपमा करिब १४ रोपनी क्षेत्रफलमा सामुहिक तरबुजा खेती गरेका छन्… पुरा पढौ

गण्डकी प्रदेश सरकारको ३३ अर्ब बढीको बजेटमा २२ अर्ब मात्र खर्च, प्रदेश नीति तथा योजना आयोगको अध्ययन निरर्थक

जेठ ६ पोखरा, गण्डकी प्रदेश सरकार अन्तर्गत नीति तथा योजना आयोगले एक वर्षमा ५० लाख ७० हजार रुपैयाँ खर्चेर ४ वटा विषयमा अध्ययन गरे पनि त्यसको प्रत्यक्ष उपयोगिता भने देखिएको छैन । महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ अनुसार आयोगले गरेका अध्ययनहरू न त कार्यान्वयनमै गएका छन्, न त स्पष्ट प्रतिवेदन, लागत अनुमान वा स्रोत व्यवस्थापनको योजना नै देखिएको छ । नीति आयोगको गठन तथा कार्य सञ्चालन आदेश, २०७८ को दफा ८ अनुसार आयोगले अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने जिम्मेवारी… पुरा पढौ

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

२०८२ जेठ ६ काठमाडौँ, युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यलेयहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ । तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं प्रतिनिधि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ । इयुको कूटनीतिक टोलीलाई भ्रमणका माध्यमबाट नेपालको विकासका प्राथमिकता बुझ्ने र सहयोगका क्षेत्रहरू पहिल्याउन मद्दत पुग्ने प्रतिनिधिमण्डलले आज जारी गरेको… पुरा पढौ

‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’

जेठ ६ गते पोखरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई अघि बढाइरहेको बताएका छन् । अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोट सदरमुकाममा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले पार्टीलाई जनतासँग जोड्ने अभियान चलाएको बताए । माओवादीले अघि सारेका विकास निर्माणका परियोजनाको अवस्थाको अनुगमन पनि अभियानको अर्को उद्देश्य भएको जानकारी उनले दिएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार, नागरिक… पुरा पढौ

मुख्यमन्त्रीसंग राइडर्सको भेट– ‘राईड सेयरिङ नियमावलीले हाम्रो रोजीरोटी र यात्रुको सुविधा ग्यारेन्टी गरेको छ’

५ जेठ पोखरा, गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो,… पुरा पढौ