प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पुनः उठाइने ‘प्रचण्ड’

-


     तुलसी राम सुवेदी,    
     जेठ ११ गते २०८२ मा प्रकाशित


१० जेठ,पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको बताए ।
मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत आज पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले देशलाई नयाँ क्रान्तिको आवश्यकता महसुुस गरि हामीले यो अभियान सुरु गरेको बताएका छन । संविधानले स्थिरता र आर्थिक समृद्धि कायम गर्न नसकेको जिकिर गरेका छन् ।हामीले संविधान सभाबाट संविधान निर्माणकै बेलामा यो संविधानले देशमा स्थिरता नदिने बताएको बताउदै यो संबिधानले आर्थिक समृद्धिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन समेत नसक्ने उनले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक छ भन्ने हाम्रो अडान रहेको थियो भन्ने कुराको समेत उनले स्मरण गरे । कांग्रेस र एमालेको असहमतिका रहदा रहदै देश ठूलो भुमरीमा पर्ने जोखिमका कारण हामीले नोट अफ डिसेन्ट लेखेर संविधान बनाउन सहमति जनाएको उनले बताए ।
प्रचण्डले संविधान संशोधनको समयमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई पुनः जनतामाझ लैजाने उद्घोष गरे। उनले आफ्नो नेतृत्वको सरकारले गरेका काम र हालको अभियान मार्फत जनतामा गरेको अपिलका कारण देश ‘माओवादीमय’ बन्दै गएको दाबीसमेत गरे।