समाचार

फेवाताल संरक्षण मापदण्डले लेकसाइड संकटमा, पर्यटन परिषद्को गहिरो चिन्ता

पोखरा, जेठ १९ फेवाताल संरक्षणका लागि लागू गरिएको ६५ मिटर मापदण्डले पोखराको लेकसाइड क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको भन्दै पोखरा पर्यटन परिषद्ले गहिरो चिन्ता व्यक्त गरेको छ । परिषद्ले सोमबार पत्रकार सम्मेलन गरी सो मापदण्डका कारण पर्यटन व्यवसाय, स्थानीय सम्पत्ति र जनजीवनमा प्रत्यक्ष असर परेको जनाएको छ । परिषद्ले तीनै तहका सरकारहरूसँग मापदण्डको पुनरावलोकन गर्न मागसमेत गरेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सिमाना निर्धारण गर्दा नापी, नक्सा र पुर्जाको आधारमा यकिन नगरिई एकतर्फीरूपमा मापदण्ड जबरजस्ती लागू गरिएकोमा आपत्ति… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास

जेठ १८ जनकपुर प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले मधेस प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार आज जनकपुरधाममा आयोजित विशेष समाहरोमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ आयोजनाको शिलान्यास गरेका हुन्। यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत… पुरा पढौ

सोमबारदेखि मुलुकभर सार्वजनिक यातायात ठप्प हुने

जेठ १८, पोखरा गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीविरुद्ध सार्वजनिक यातायात व्यवसायी तथा मजदुर संगठनहरू आन्दोलित भएका छन्। ती संगठनहरूले आगामी सोमबार, जेठ १९ गतेदेखि मुलुकभर सार्वजनिक सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ नामक साझा प्लेटफर्ममार्फत आठवटा यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली नेपालको संविधान र सवारी तथा यातायात व्यवस्था ऐन २०४९… पुरा पढौ

राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको विरोधमा यातायात व्यवसायीको बन्द, परीक्षार्थी मर्कामा ।

तुलसी राम सुवेदी, पोखरा, जेठ १७ गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवालाई कानुनी मान्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीहरूले शुक्रबारदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका छन ्। यसले विशेषगरी शिक्षासेवा आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरू र सर्वसाधारण यात्रुहरूलाई ठूलो समस्या परेको छ। बन्दका कारण सार्वजनिक सवारी नचलेपछि परीक्षा दिन आएकाहरू घर फर्कन नसकी अलपत्र परेका छन ्। “परीक्षा त दिइयो, अब घर फर्कन सकिन्न, गाडी छैन” परीक्षार्थीले गुनासो गरे । नेपाल यातायात व्यवसायी… पुरा पढौ

फेवातालको सीमाङ्कन सुरु, पहिलो पिलर गाडेर अभियानको थालनी

१७ जेठ, पोखरा गण्डकी प्रदेश सरकारले पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको संरक्षणको लागि सीमाङ्कन अभियान सुरु गरेको छ। प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाई फ्लड लेबल (एचएफएल) मा पहिलो पिलर गाड्दै अभियानको औपचारिक शुभारम्भ गरे। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि छुट्टाछुट्टै पिलर गाडेर अभियानमा सहभागिता जनाए। मुख्यमन्त्री पाण्डेले भने, “फेवाताल जोगाउने कामको सुरुवात भएको छ,“ भन्दै अत्याधुनिक डीजीपीएस प्रविधि र ड्रोन सर्भे मार्फत तालको सीमाङ्कन गरिएको जानकारी दिए। सिँचाइ डिभिजन कार्यालय कास्कीको १०… पुरा पढौ

“तक्सेरा चिनारी फोटो प्रतियोगिता“ को पुरस्कार वितरण सम्पन्न ।

१६ जेठ पोखरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा फोटोग्राफर संघ पोखराको आयोजनामा सम्पन्न ‘तक्सेरा चिनारी फोटो प्रतियोगिता’ को पुरस्कार वितरण समारोह पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा कुल २७ जना फोटो पत्रकार तथा फोटोग्राफरहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा दुर्गासिंह थापा प्रथम स्थान हासिल गर्न सफल भए भने, दोस्रो स्थान सन्देश उदासले र तेस्रो स्थान लक्ष्मीपती पौडेलले प्राप्त गरे। साथै, उत्कृष्ट ६ जना फोटोग्राफरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। सान्त्वना प्राप्त गर्नेहरूमा भोलानाथ सुबेदी, नन्दकला पौडेल, देवानन्द पोख्रेल,… पुरा पढौ

एशिया फ्याशिफिक टेक्नोलोजी मन्त्री स्तरीय बैठक जापानमा हुदै, सञ्चारमन्त्री गुरुङलाई जापानका नेपालीले भब्य स्वागत गरे ।

१४ जेठ टोकियो नेपाल सरकारका प्रवक्ता एबम सूचना ,सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जापानमा भव्य स्वागत गरेका छन् । जापानको टोकियोमा हुने एशिया फ्याशिफीÞक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन आज बुधवार हानेदा विमानस्थलमा मन्त्री गुरुङलाई भव्य स्वागत गरिएको हो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, जापानको विभागीय मन्त्रालयका उच्च स्तरीय अधिकारीहरूले स्वात गरेका थिए । साथै सो स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच जापानका अध्यक्ष तथा पदाधिकारीहरू र एनआरएनए आईसीसी उपाध्यक्ष रोविन… पुरा पढौ

क्षितिज थेबे दोस्रो कार्यकालका लागि राष्ट्रिय युवा संघको अध्यक्षमा निर्वाचित ,नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई सम्मान ।

१४ जेष्ठ २०८२, पोखरा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन ्। मंगलबार पोखरामा सम्पन्न निर्वाचनमा थेबेले सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरी बिजयी बनेका हुन । थेबेले ७९६ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्प्रर्धी पुरीले ६०८ मत प्राप्त गरे । कुल १,७६४ प्रतिनिधि मध्येमा १,४०४ जनाले मात्र मतदान प्रकृयामा सहभागिता जनाएका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सुमन पुरीले… पुरा पढौ

एउटै चट्टानको ढुङ्गाबाट मालिका मन्दिरको पुनःनिर्माण

२०८२ जेठ १४ पोखरा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिरको पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर बागलुङको प्रसिद्ध मालिका भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको बताइएको छ । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा… पुरा पढौ

क्षितिज थेबे दोस्रो कार्यकालका लागि राष्ट्रिय युवा संघको अध्यक्षमा निर्वाचित

१४ जेष्ठ २०८२, पोखरा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन ्। मंगलबार पोखरामा सम्पन्न निर्वाचनमा थेबेले सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरी बिजयी बनेका हुन । थेबेले ७९६ मत प्राप्त गरेका थिए भने उनका प्रतिष्प्रर्धी पुरीले ६०८ मत प्राप्त गरे । कुल १,७६४ प्रतिनिधि मध्येमा १,४०४ जनाले मात्र मतदान प्रकृयामा सहभागिता जनाएका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सुमन पुरीले सर्वसम्मति… पुरा पढौ