समाचार

गीताञ्जलीको २७० औं साधना प्रभात कार्यक्रम सम्पन्न

असार ७, पोखरा । पोखराको अग्रणी साहित्यिक संस्था गीताञ्जली साहित्य परिवारले आफ्नो २७० औं “साधना प्रभात तथा नियमित रचना वाचन कार्यक्रम” सफलता साथ सम्पन्न गरेको छ । कार्यक्रम संस्थाको आफ्नै सभाकक्ष, रामघाटस्थित गीतामन्दिर परिसरमा आयोजना गरिएको थियो। संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार साहित्य साधना र रचना वाचन कार्यक्रम गर्दै आएको छ, जसमा अग्रजदेखि अनुज पुस्ताका पोखरेली साहित्यकारहरूको सशक्त उपस्थिति रहँदै आएको छ । यस अवसरमा पोखरा साहित्य प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकालसहित २३ जना नवोदित, बाल तथा वरिष्ठ साहित्यकारहरूले आफ्ना… पुरा पढौ

चौथो नेपालगन्ज फोटो फेस्टिबल शुरु , आर्यान धिमालको तस्बिर बन्यो उत्कृट बर्ष तस्बीर ।

२०८२ असार ४ गते ,नेपालगन्ज नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल आज देखि सुरु भएको छ । अन्तरालको आयोजनामा भएको यस फोटो फेस्टिभलमा नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र ३ का सङ्घीय सांसद किशोर राठौरले चौथौँ नेस्सनल फोटो कन्टेष्ट, नेपाल २०८१ को वर्ष फोटो घोषणा गरि उद्घाटन गरेका हुन् । राठौरले फोटो फेस्टिभल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै नेपालगंज सगै समग्र देशको फोटोहरूको प्रदर्शनीले देशको पर्यटनलाई टेवा पुराउने हुँदा यसको विशेष महत्व रहेको बताए । साथै उनले यस प्रकारको… पुरा पढौ

पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ

२०८२ असार ३ गते पोखरा उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमन वृद्धि हुँदै गएको हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुस्ताड. नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिक स्थल हुन । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा,… पुरा पढौ

जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

२०८२ असार ३ काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गरेका छन् । देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उनले बताए । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन ९अनेरास्ववियु०को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन् । हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो । नेपाल कम्युनिष्ट… पुरा पढौ

नेपालले बंगलादेशलाई विद्युत् निर्यात गर्यो ।

२०८२ असार १ गते काठमाडौं,। नेपालले शनिबारबाट पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज… पुरा पढौ

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छः पौडेल

२०८२ असार १ गते काठमाडौँ,। राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । लोक सेवा आयोगको आज यहाँ आयोजित हीरक जयन्ती समारोहमा उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्मअनुरुप काम गरेमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताका चाहनालाई सम्बोधन गर्न सकिने बताए । उनले भने “अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

३१ जेठ, पोखरा नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित तीनदिने मल्टिमिडिया पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिम जेठ २९ गतेदेखि सुरु भई आज जेठ ३१ गते समापन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालीकाकी उपप्रमुख मञ्जु देवी गुरुङ रहनु भएको थियो । शुभकामना मन्तब्य दिदै उहांले पत्रकारको कलममा निकै ठूलो तागत रहेको बताउनु भयो । साथै अहिलेको प्रबिधीको बिकासलाई संयोजन गर्न सकिएन भने आफु पछि परिने भएको हुंदा प्रबिधीको सदुपयोग गर्दै निश्पक्ष ढंगले… पुरा पढौ

विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न

पोखरा, जेष्ठ ३१ “रगत दिऔं, आशा जगाऔं, सबै मिलेर जीवन जोगाऔं“ भन्ने नारासहित २२औं विश्व रक्तदाता दिवस पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको शुरुवात चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट भएको ¥यालीले महेन्द्रपुल हुँदै पुनः चिप्लेढुंगामै पुगेर समापन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश प्रमुख सूर्य प्रसाद ढकाल, रोटरी क्लब अफ पोखरा भ्यालीका नोमिनी प्रेसिडेन्ट नविन बराल, नेपाल रेडक्रस… पुरा पढौ

राज्यले मातृभाषा संरक्षणका लागि नीति बनाउनु अत्यावश्यकः सभामुख घिमिरे

जेठ ३०, काठमाडौं सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति निर्माणमा गम्भीरतापूर्वक जुट्नुपर्नेमा जोड दिएका छन्। नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन उद्घाटन गर्दै उनले मातृभाषा पत्रकारितामा देखा परिरहेका चुनौतीहरू समाधानका लागि सरकारी तहबाट प्रभावकारी पहल आवश्यक रहेको बताए। सभामुख घिमिरेले भने, “अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने दस्तावेज मातृभाषा संरक्षणको दिशामा मार्गदर्शक बन्नेछ। यो राष्ट्रलाई अझ सशक्त बनाउन सहयोग पु¥याउनेछ। अहिले प्राप्त राजनीतिक उपलब्धिहरूको संस्थागत संरक्षणका लागि पनि मातृभाषा र विविध जातजातिका… पुरा पढौ

कास्कीमा ढुंगा, गिट्टी र बालुवा उत्खननमा रोक लगाउने निर्णय, अवज्ञा गर्नेलाइ कडा कारबाही गरिने

२९ जेष्ठ,पोखरा, यहि असार महिनाबाट कास्की जिल्ला भित्र नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्यमा रोक लगाइने भएको छ । नदिजन्य तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको बुझिएको छ । ढुङ्गा, गिटि , बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको कास्की जिल्ल्ला समन्वय समितिले जनाएको छ। असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने कुरा ढुङ्गा, गिटि, बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन… पुरा पढौ